दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकालाई आगामी आर्थिक बर्षमा नीति तथा कार्यक्रममा समेट्न आग्रह गर्दै ‘सुशासन र समृद्ध शुक्लागण्डकीका लागि युवा अभियान’ ले ६५ बुदे सुझाव पत्र पेश गरेको छ ।
स्थानीय तहको दोस्रो निर्वाचन मार्फत निर्वाचित भएका जनप्रतिनिधीहरु स्वार्थ बाझिने काममा संलग्न भएको भन्दै चौतर्फी आलोचना भईरहेको बेलामा अभियानले नगरको विकासमा सहयोग पुग्ने सुझावहरु प्रदान गरेको हो । अभियानका संयोजक शंकर पन्त सहित शुक्लागण्डकी नगरपालिकामा पुगेको टोलीले १२ विषयमा समेटिएका ६५ सुझाव पेश गरेको जनाइएको छ ।
नगरपालिकाबाट पछिल्लो क्रममा भएका एकपछि अर्काे निर्णयहरुप्रति नगरबासी असन्तुष्ट रहेका छन् । साथै अभियानले नगरपालिका र नगरको नेतृत्वदायि भूमिकामा रहेका पात्रहरुको मनोमानी निर्णयलाई सार्वजनिक गर्दै जनतालाई सुसुजित बनाउन थालेको छ ।
आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि नीति, कार्यक्रम तथा योजना निर्माणमा व्यस्त बनेको हो । यसै सन्दर्भमा शुक्लागण्डकी नगरपालिकाले नगरवासीसंग सुझाव माग गरेको छ ।
अभियानले नगरपालिकालाई दिएको सुझाव जस्ताको तस्तैः
१. सार्वजनिक व्यवस्थापन, संस्थागत विकास र सुशासन:
१.सेवाग्राही सन्तुष्टि सर्वेक्षण (Citizen Satisfaction survey) र्दा समग्रतामा नभई सेवाग्राहीले दिएको विभाग अनुसारको पृष्ठपोषणको आधारमा कार्यपालिकामा रहेका विभिन्न विभागहरुको सेवा गुणस्तर मापन गर्नुपर्ने ।
२.आ.ब २०७९/८० को निति तथा कार्यक्रममा रहेको बुदा नं १६ र १८ को परिपालना भएको नदेखिएको हुनाले आउने आ.ब को निति तथा कार्यक्रममा राखी पुर्ण रुपमा लागु गर्नुपर्ने । उक्त बुँदाहरु सेवाप्रवाहमा भ्रष्टचारमा शुन्य शहनशीलता (Zero Tolerance Towards Corruption) नीति र “नगरवासीसँग नगरप्रमुख संवाद कार्यक्रम” सँग सम्बन्धित रहेका छन् ।
३.नगरभित्रका घरहरुमा घर नम्बर कायम गरि व्यवसायिक तथा अन्य प्रयोजनको लागि प्रयोग भएका घरजग्गा को वर्गिकरण गरी घरजग्गा बहाल करको दायरामा ल्याउने ।
४. नगरको सेवालाई प्रविधिमा जोडी छिटो छरितो र कम भन्दा कम कर्मचारीहरुबाट सेवा प्रदान गरी कर्मचारी खर्च घटाउने ।
५. इन्धन, भ्रमण र विविध जस्ता खर्चहरु न्युनिकरण गर्ने । योजनाहरुको रकम रकमान्तर गर्दा विशेष ध्यान दिएर अत्यावश्यक योजनामा मात्र रकमान्तर गर्ने ।
६. पुर्णरुपमा सम्पन्न हुने योजनामा मात्र रकम विनियोजन गर्ने ।
७. सार्वजनिक जग्गाहरु नापजाँच गरि क्षेत्रफल समेत यकिन गरि आवश्यक उद्मोग, कल कारखाना संचालन गर्न उद्योगीहरुलाई करारमा दिने व्यवस्था मिलाउने ।
२. पुर्वाधार विकास:
१.विभिन्न संघ संथाका समुहगत भवन निर्माणको लागि बजेट विनियोजन नगर्ने, सम्पुर्ण वडामा भएका विभिन्न संघसंथाका समुहगत भवनहरुको रेकर्ड राख्ने र ति भवनहरुलाई नै प्रयोग गरेर स्थानिय उत्पादन विक्रि केन्द्रको रुपमा प्रयोग गर्दै बहुउपयोगी बनाउन तर्फ ध्यान दिनुपर्ने ।
२. घर कायम अभिलेखिकरण गर्नका लागि अन्तिम पटक उक्त कार्य खुल्ला गराउने । दोस्रो पटक तेब्बर दस्तुर लिई कार्य गरिनेछ तर दोस्रो पटकमा समेत नगरेमा कानुनी कार्बाही गरिने नीति लागु गर्ने ।
३.आ.ब २०७९÷८० को निति तथा कार्यक्रममा रहेको बुदा नं २७, ३३ र ३९ को परिपालना भएको नदेखिएको हुनाले आउने आ.ब को निति तथा कार्यक्रममा पनी राखी पुर्ण रुपमा लागु गर्नुपर्ने । उक्त बुँदाहरुमा आयोजना बैंकको अवधारणा, विषय विज्ञहरुको रोष्टर तयार गर्ने र बाहै्र महिना संचालन हुने सडक (All weather roads) सँग सम्बन्धित रहेका छन् ।
४. नदिजन्य पदार्थ व्यवस्थापन गर्न विभिन्न खोला घाटको संरक्षण र व्यवस्थापन गर्न स्थानियहरुको उपभोक्ता समिती गठन गर्ने र सोहि समितीलाई संरक्षण र व्यवस्थापनको जिम्मेवारी दिने । नगरवासीलाई भौतिक संरचना निर्माण गर्न आवश्यक परे आवश्यक मात्राको मुल्याकंन गरि उपभोक्ता समितीको निर्णय र सम्बन्धित वडाको सिफारिसको आधारमा न्युनतम मुल्यमा नदिजन्य निर्माण सामाग्रीको व्यवस्थ गर्ने ।
५. कार्यालय संचालन गर्न चाहिने स्रोत साधनको खरिद प्रक्रीया पार्दर्शी एवं खुला प्रतिस्पर्धाबाट व्यवस्था गराउने ।
६. शुक्लागण्डकी नगरपालिकाको बृहत गुरुयोजना बनाउने जस्तै शुक्लागण्डकीको रिङरोडको डि.पि.आर, बसपार्क, बाल उत्थान आदि ।
३. वातावरण तथा विपद् व्यवस्थापन एवं सरसफाई:
१. फोहोरको व्यवस्थापन गर्न फोहोरको वर्गीकरण गर्ने, टोलस्तरिय तालिमको व्यवस्था गर्ने, प्लाष्टिकजन्य झोलाको प्रयोगमा रोक लगाई यसको विकल्पको रुपमा वातावरण मैत्री झोलाको प्रयोग गर्ने ।जस्तैः प्लाष्टिको Dustbin को विकल्प डोको ।
२. शुक्लागण्डकीमा रहेको पृथ्वी राजमार्गमा अव्यबस्थित रुपमा रहेका बिजुली पोलमा अवस्थित तारहरुको भुमिगत (Underground) रिकाले व्यवस्थापन गर्ने।
३. आ.ब २०७९÷८० को निति तथा कार्यक्रममा रहेको बुदा नं ४४ को परिपालना भएको नदेखिएको हुनाले आउने आ.ब को निति तथा कार्यक्रममा पनी राखी पुर्ण रुपमा लागु गर्नुपर्ने । उक्त बुँदा विपद् व्यवस्थापन कोषको स्थापना गर्ने सँग सम्बन्धित रहेको छ ।
४. जैविक फोहोर नगरले नउठाउने र यसको व्यवस्थापनको जिम्मेवारी घर÷टोललाई नै दिने ।
५. पुनःप्रयोग हुन सक्ने फोहोर के–के हुन् तय गरेर प्रत्येक घरमा फलदायी फोहोर ब्याग प्रदान गर्ने । फोहोर प्रशोधन उद्मोग स्थापना गर्ने वा अन्य पालिकालाई बेच्ने ।
६. जनतालाई स्वरोजगार गराउन “स्थानिय उत्पादन केन्द्र” निर्माण गरी सम्पुर्ण इच्छुक नगरबासीलाई स्थानिय वस्तुहरुको उत्पादन गर्न जस्तै आधुनिक डोको बुन्न, कुरुष बाट धागो बुन्न, गुद्री बुन्न, गुडिया बनाउन, लगाएत यस्तै विषयहरुको तालिमको व्यवस्था गर्ने । तालिम प्राप्त जनशक्तिबाट बनाईएको सामाग्रीहरु उचित मुल्य कायम गरि नगरको मातहतमा रहने स्थानिय उत्पादन केन्द्रले नै खरिद गर्ने ।
७.नगरभित्रका सबै सरकारी कार्यालय, सरकारी विद्मालय एवं सरकारी संघ संस्थाहरुको शौचालयहरुको अनुगमन गरी सधै सफा राख्ने ।
४. स्वास्थ्य:
१. नगरवासीलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नुपर्ने ।
२. नगरको १ वडा १ पार्क÷बगैचा को निति ल्याउने साथै समुदायको मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै योग साधना केन्द्रको स्थापना गर्ने ।
३. आ.ब २०७९÷८० को निति तथा कार्यक्रममा रहेको बुदा नं ५० र ५१ को परिपालना भएको नदेखिएको हुनाले आउने आ.ब को निति तथा कार्यक्रममा पनि राखी पुर्ण रुपमा लागु गर्नुपर्ने । उक्त बुँदा सुत्केरी पोषण प्रोत्साहन कार्यक्रम र गाँउघर क्लीनीक र स्वास्थ्य शिविर सँग सम्बन्धित रहेको छ ।
५. शिक्षा क्षेत्र:
१. प्रत्येक माध्यमिक बिद्मालयमा डिजिटल बोर्ड, Science lab, Computer Lab स्थापना गर्ने,
२. बिद्मार्र्थीको बौद्धिक गुणस्तर अभिबृद्धिका लागि नगरस्तरिय प्रतियोगितात्मक विभिन्न कार्यक्रमहरु लागु गर्ने ।
३. नगरको मातहतका विद्मालयको शिक्षकहरुको तलव मासिक रुपमा नै प्रदान गर्ने, साथै शिक्षकको कार्यक्षमता, दक्षता, अनुभबको आधारमा प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गनुपर्ने ।
४.न्युन बिद्मार्थी संख्या भएका बिद्मालयहरुमा अनुगमन गरी विद्मार्थी संख्या कम हुनुको कारण पहिचान गरि यथासिघ्र समाधानको उपाय अपनाउने ।
५. नगरले आफ्नै नगर पुस्तकालय स्थापना गर्नेछ, र सर्वसाधारण सबैलाई खुल्ला गरिने, यस पुस्तकालयमा जिवनउपयोगि उपन्यास, साहित्य तथा अन्य आवश्यक पुस्तक राख्नुपर्नेछ ।
६. बढिमा पाँच बर्ष भित्रमा शिक्षक हेरफेर÷सरुवाको निति अवलम्बन गर्ने ।
७. विद्यालय पोशाकबाट टाई र स्कर्ट हटाउने ।
८. स्थानीय उत्पादनमा आधारित रैथाने खाजा विद्यालय खाजामा प्रयोग गर्ने ।
९. हप्ताको १ दिन बुक फ्रि÷व्यवहारीक सिकाई कक्षा संचालन गर्ने ।
१०. सबै विद्यालयमा समान शैक्षिक गुणस्तर लागु हुने कार्यक्रम संचालन गर्ने ।
११. प्रत्येक नगरवासीलाई माध्यमिक तह सम्मको शिक्षाका लागि अनिवार्य रुपमा बासस्थान बाट सबैभन्दा नजिकको विद्यालयमा भर्ना गर्नुपर्ने नीति लागु गर्ने ।
६. लक्षित वर्ग विकास:
१. आम्दानिको आधारमा उच्च आय, मध्यम आय र निम्न आय गरी ३ बर्गमा बिवरण संकलन गरि, निम्न आय भएकालाई आधारभुत आवश्यकता परिपुर्ति गर्न सक्ने बनाउने योजना ल्याउनुपर्ने ।
२. आ.ब २०७९÷८० को निति तथा कार्यक्रममा रहेको बुदा नं ९१ को परिपालना भएको नदेखिएको हुनाले आउने आ.ब को निति तथा कार्यक्रममा पनि राखी पुर्ण रुपमा लागु गर्नुपर्ने ।
७. खानेपानि/सिचाँई:
१. एक घर एक धारा खानेपानि पहिलो प्राथमिकताको साथ कार्यक्रम ल्याउनुपर्ने,
२. सिचाँईलाई उत्पादनसँग जोडेर उच्च प्राथमिकताको साथ संभावित ठाउँमा अनुगमन र मुल्याकंन गरी सिचाँईमा सुधार ल्याई उत्पादनलाई बृद्धि गनुपर्ने साथै कम पानिले पनि सिचाई गर्न थोपा सिचाइ अपनाउने ।
३. जग्गा वर्गिकरणलाई विशेष प्रथामिकता दिई खेती योग्य जमिन एकिन गरि यी जग्गाहरु अन्य प्रयोजनमा उपयोग नगर्ने ।
८. युवा तथा खेलकुद:
१. १ वडा १ खेलमैदान बनाउपर्ने,
२. नगरस्तरीय १ बटा रङ्गशाला निर्माण गर्नुपर्ने,
३. युवा लक्षित स्टार्टअप ब्यवसाय गर्नका लागि अनुदानको ब्यवस्था गर्नुपर्ने ।
४. नगरस्तरीय खेलाडि उत्पादनको लागि नगरस्तरीय खेल प्रतियोगिता गर्नुपर्ने ।
९. पशुपंक्षि तथा आर्थिक बिकास क्षेत्र:
१. शुक्लागण्डकी भित्र रहेको बिभिन्न स्थानमा पशुपंक्षी पकेट क्षेत्र घोषणागरी मासु जन्य पदार्थको बृद्धि गरिनुपर्ने ।
२. नेपाल सरकारले पशुधन बिमालाई प्राथमिकता दिई बिमा प्रिमियमको ८० प्रतिशत अनुदान दिएकोमा नगरले २० प्रतिशत बिमा रकम अनुदानको ब्यबस्था गनुपर्ने ।
३ नगरभित्रका पशुफर्म अन्तर्गत रहेका पशुहरु र व्यक्तिगत रुपमा पालीएका पशुहरुको गणना गरि विवरण राखी उत्पादन दिन छोडेका पशुहरुलाई छाडा छोड्न नदिने नियम बनाउने । संरक्षण गर्ने ।
१०.सहकारी क्षेत्र:
१. नगरभित्र रहेका सहकारी संस्थालाई सहकारी ऐन २०७४, सहकारी नियमावलि २०७५, र गण्डकी प्रदेश स्तरीय सहकारी ऐन र नियमावलि अनुसार सहकारी संचालन गर्नका लागि अनुगमन, बैठक, सेमिनार, सहकारी शिक्षा सम्बन्धि तालिम दिनुपर्ने ।
२. सहकारी बिभागको निती अनुसार सहकारी मर्जर गर्ने, गराउने मर्जर हुनेलाई सम्मान प्रशंसा गनुपर्ने,
३. सहकारी मार्फत कृषि बस्तुहरु उत्पादन बृद्धि गराउन बिषेश निति ल्याउनपर्ने ।
११. कृषि क्षेत्र:
१. तरकारीमा आत्मनिर्भर गराउनको लागि एक घर एक टनेल बनाउनुपर्ने ।
२. नगरको मातहतमा रहेका सार्वजानिक जग्गा उत्पादनमा प्रयोग हुने गरि नगरभित्र रहेका बिभिन्न टोल बिकास संस्था, अन्य संघ–संस्थाहरु तरकारी, फलफुल उत्पादन गर्ने निती ल्याउनुपर्ने ।
३. दुग्धपदार्थ उत्पादन बृद्धि गर्नका लागि उत्पादनमा आधारित प्रति लिटर अनुदान दिने ब्यवस्था गर्नुपर्ने,
४. कृषी बिमा अनिवार्य र निशुल्क गर्ने ।
५. उत्पादनको आधारमा जग्गा बर्गीकरण गर्ने, कुन ठाउँमा कुन उत्पादन हुन्छ, त्यही उत्पादन गर्नमा जोड दिने साथै जग्गा बाँझो राख्न नदिने निती ल्याउने ।
६. कृषकको आवश्यकता अनुसार समयमै रासायनिक मल, बिउ, उपलब्ध गराउने ।
७. नगरले हाल सम्म कृषकहरुहरुलाई Infrastructure मा सुबिधा दिदै आएको छ, यो सुबिधा प्राय वडाहरुका सबै कृषकले प्राप्त गरिसकेका छन । हाल कृषकहरुलाई ब्यवसाय निरन्तरता गर्न असहज भएको हुदा Business Continue Plan Policy ल्याईनुपर्नेछ ।
८. रासायनिक मल प्रयोगमा कमि गर्ने र जैविक मल कारखाना स्थापना गर्ने ।
९. रैथाने बिउ बैंक स्थापना गर्ने ।
१०. जैविक खेती पद्घती अबलम्बन गरि गुणस्तरिय खाद्यान्न उत्पादन बृद्घी गर्ने ।
११. असिना र बाँदर बाट खेती जोगाउन हरितगृह तथा उपयुक्त अन्य व्यवस्था गर्न जिम्मेवारी दिने ।
१२. कृषक पुरस्कार स्थापना गर्ने ।
१३. सामुदायिक वनमा कालिज पालन गर्ने ।
१४. तरकारी, दुध र मासुजन्य पदार्थ अन्य पालिकाबाट आयात गर्न नपाइने, स्थानिय उत्पादनलाई गर्ने निति लागु गर्ने ।
१५. नगरमा साप्ताहिक हाटबजार संचालन गर्ने ।
१२. पर्यटन:
१.आन्तरिक तथा बाह्य पर्यटक भित्राउनको लागि शुक्लागण्डकी नगरपालिका भित्र रहेका पदमार्गहरु मुख्यत मिलेनियम पदमार्ग, तिनखोले दोवान पदमार्ग, गाछेपानि भुलभुले भुजिकोट पदर्माग लाई ब्यबस्थित गरी पर्यटकलाई आकर्षित गरिनेछ, साथै स्थानिय कला, सस्कृति, भेषभुषाको संरक्षण गरिनेछ ।
२. स्थानिय पर्यटक गाईडको ब्यवस्थापन गर्ने ।