पोखरा
सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेलाई थप १५ दिन हिरासतमा राखिने भएको छ । जिल्ला अदालत कास्कीले उनलाई अझै हिरासतमा राख्न पांचौ पटक म्याद थपेको हो ।
आइतबार जिल्ला न्यायाधीश भीमलाल बेल्बासेको एकल इजालसले रविलाई १५ दिन म्याद थप गरेको हो ।
पूर्वगृहमन्त्रीसमेत रहेका रवि कार्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट पक्राउ परेका थिए । कार्तिक ४ गते जिल्ला अदालत कास्की पेश गरेकोमा छ दिनको म्याद थपिएको थियो ।
त्यसपछि दोस्रो पटक ७ दिनको म्याद थपिएकोमा तेस्रो पटक कात्तिक २० गते १० दिनको म्याद थपिएको हो।
पछिल्लो पटक कात्तिक २५ गते जिल्ला अदालतले रविलाई १३ दिन हिरासत राख्न अनुमति दिएको थियो।
रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार बनेका पूर्वडिआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई (जिबी)सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाई र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनालको पनि १५ दिन म्याद थप भएको हो ।