दुलेगौंडा–आदीवासी जनजाती महासंघ शुक्लागण्डकी नगर समन्वय परिषद्को आयोजनामा ६ दिने मातृभाषामा रेडियो कार्यक्रम तालिम सुरु भएको छ । बिहीबार सुरु भएको तालिमको आदीवासी जनजाती महासंघ शुक्लागण्डकी नगर समन्वय परिषद्का सल्लाहकार संयोजक एवम शुक्लागण्डकी नगरपालिकाका कार्यपालिका सदस्य खिमबहादुर कुमालले उद्घाटन गरे ।
कुमालले भाषा संस्कृतिको संरक्षण गर्न समुदायस्तरबाट लाग्नुपर्ने बताए । राज्यले पनि आदिवासी जनजातिको भाषा संस्कृति जोगाउन स्पष्ट नीतिका आवश्यकता औंल्याए । व्यवहारिक रुपमा मातृभाषा प्रयोग नहुँदा संरक्षण चुनौति देखिएको बताउँदै रेडियोमा मातृभाषाको कार्यक्रम सञ्चालन हुँदा समुदायस्तरमा पु¥याउन सहज उनको उनको भनाइ थियो ।
आदीवासी जनजाती महासंघ गण्डकी प्रदेश समन्वय परिषद्का सचिव एवम कार्यपालिका सदस्य विमल जिसीले आधुनिक समाजको विकासमा आदीवासि जनजाती समुदायको महत्वपूर्ण योगदान रहेको बताए ।
आदीवासी जनजाती महासंघ शुक्लागण्डकी नगर समन्वय परिषद्की अध्यक्ष तुलसीकुमारी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कूलकुमार कुमाल, कार्यक्रम संयोजक बिर्सना श्रेष्ठ, कोषाध्यक्ष कुलबहादुर भुजेल लगायतले बोलेका थिए ।
तालिममा आदीवासी जनजाती समुदायका ९ जनाको सहभागिता रहेको छ । रेडियोमा मातृभाषाको कार्यक्रम सञ्चाल कसरी गर्ने, रेडियोको प्राविधिक पक्ष, मोबाइल पत्रकारिता, समाचार लेखन लगायतका विषय तालिममा सहजीकरण हुनेछ । तालिमपश्चात सहभागीले स्थानीय सञ्चार माध्यममा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।