पोखरा
‘समावेशी र दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ नारासहित अपांगता दिवस मनाइएको छ ।
पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा अपांगता भएका व्यक्तिको ३३ औँ अन्तर्राष्ट्रिय दिवस ¥यालीसहितको कार्यक्रम गरी मनाइएको हो ।
दिवसको अवसरमा पोखराको चिप्लेढुुंङ्गास्थित मानव अधिकारचोकबाट सुुरु भएको ¥याली न्यूरोड हुदैँ सभागृहमा पुुगेर कार्यक्रममा परिणत भएको थियो । ¥यालीमा पोखरामा अपांगताको क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधि र अपांगता भएका व्यक्तिको सहभागिता थियो ।
¥यालीपछि आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुुदेवी गुुरुङले महानगरले निर्माण गर्ने पूर्वाधार अपांगमैत्री बनिरहेको बताइन् । महानगर अन्र्तगतका कार्यलय निर्माण भएका भवन अपांगमैत्री बनेपनि व्यक्तिगत व्यत्तिगत घरमा लागुु गर्न कठिन रहेको उनको भनाइ थियो ।
पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाका निर्देशक निर्मला शर्मा, कोपिला नेपालका अध्यक्ष विना सिलवाल, लोचना अधिकारी, अन्जना केसी, विष्णु सिग्देल, श्रीकान्त सापकोटा, दृष्टिविहिनहरुको तर्फबाट गिरिधारी सुवेदी, बहिराहरुको तर्फबाट सुनिता थापा, श्रवणदृष्टिविहिनको तर्फबाट पुुष्पराज रिमाल, बौद्धिक अपांगताको तर्फबाट रामनारायण श्रेष्ठ, बहुुअपांगताको तर्फबाट सान्त्वना केसी, अटिजम केयर सोसाइटीका अध्यक्ष मुुकुन्द लम्साल, मनोसामाजिक अपांगताको तर्फबाट अर्जुुन सुनार लगायतले अपांगता क्षेत्रमा भएका समस्याका बारेमा बोलेका थिए ।