चितवनको लगातार दोस्रो जित, पोखरा ८७ रनले पराजित

काठमाडौँ

नेपाल प्रिमियर लिगअन्तर्गत आफ्नो पहिलो खेलमा पोखरा ८७ रनले पराजित भएको छ। चितवन राइनोजविरुद्ध पोखरा क्रिजमा लामो समय टिक्न नसक्दा १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा ७४ रनमा समेटियो।

पोखराका लागि नारायण जोशीले ३० रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक मार्कुस क्रिच्लीले १७ रन बनाए। अन्य कुनै पनि खेलाडीले दोहोरो स्कोरमा रन बनाएनन्।

त्यसअघि ७ रन जोड्दा पोखराका ६ ब्याटर पेभिलियन फर्किएका थिए। १ सय ६२ रनको उच्च लक्ष्य पछ्याएको पोखरा पहिलो ओभरबाटै तहसनहस भयो। जुन रोकिन सकेन।

पोखराविरुद्ध पहिले बलिङका लागि आएका पाकिस्तानी बलर सोहेल तनवीरले ४ रन खर्चिएर पहिलो ओभरमै ३ विकेट लिए। उनले पहिलो बलमै कुशल भुर्तेललाई गोल्डेन डकआउट गर्दा पाँचौ बलमा दिलिप नाथलाई ४ र अन्तिम बलमा बास डी लिडलाई शून्य रनमा आउट गर्दै पहिलो ओभरभित्रै तीन विकेट हात पारे।

त्यसपछि दोस्रो ओभरमा विकेट जोगाएको पोखरा तेस्रो ओभरमा पनि सम्हालिने प्रयासमा रह्यो। दोस्रो ओभरमा रिजनले मेडन फाले। तेस्रो ओभर तनवीरले गर्दा चौंथो ओभर लिएर आएका रिजन ढकालले पुनः उक्त ‌ओभरमा तीन विकेट लिए।

तनवीर, रिजन र लुक बेनकेस्टाइनले ३–३ विकेट लिँदा अर्को एक विकेट दिपक बोहराको नाममा रह्यो।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.