गोरखा–५ मा खस्यो १२४४ मत

पोखरा

गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदमा भएको निर्वाचनमा ५५.९१ प्रतिशत मत खसेको छ ।

दिउँसो २ बजेसम्म १ हजार २४४ मतदाताले मत खसालेको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले जानकारी दिए ।

उनका अनुुुसार गोरखा–५ मा दुई हजार २२५ मतदाता रहेका छन् । गोरखकाली आधारभूत विद्यालयमा ७२४ मतदाता रहेकोमा ४१७ जनाले मतदान गरिसके । शिवशक्ति आधारभूत विद्यालयको दुई मतदान केन्द्रका १ हजार ५०१ मध्य ८२७ जनाले वडाध्यक्ष चुन्न मतदान गरेका छन् ।
गोरखा नगरपालिका–५ गण्डकी प्रदेशमा उपनिर्वाचन भइरहेको एकमात्र स्थान हो । विहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ ।

गोरखा–५ को वडाध्यक्ष बन्नलाई चुनावी मैदानमा ९ जना छन् । वडाध्यक्ष निर्वाचित हुने दौडमा नेकपा एमालेको तर्फबाट दुर्गामाया थापा, नेपाली कांग्रेसबाट भाइकाजी आले र नेकपा माओवादी केन्द्रका विष्णुबहादुर मगर प्रतिस्पर्धामा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मंगलबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबका कल्पना राना, नेपाल समाजवादी पार्टीका रुपेश मगराती र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रुपसिंह राना, मंगोल नेशनल अर्गनाइजेसनबाट भवानी थापा मगर र नेशनल रिपब्लिक नेपालबाट सविना तामाङ पनि चुनावी मैदानमा होमिएका छन् ।

२०७९ मा स्थानीय तह निर्वाचनमा यो वडामा नेकपा एमालेका खिलबहादुर रानाले वडाध्यक्षमा जितेका थिए । रानाको २०७९ साल कात्तिक १० गते निधन भएपछि उपनिर्वाचन भएको हो ।


तस्बिर स्रोतः दरौंदी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.