पोखरा
गोरखा नगरपालिका–५ को वडाअध्यक्षमा नेकपा माओवादी केन्द्रका विष्णु राना मगर निर्वाचित भएका छन् ।
आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार राना ४ मतान्तरले निर्वाचित भएका हुन् । उनले ४८६ मत प्राप्त गरे ।
निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भाइकाजी आलेले ४०२ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा एमालकी दुर्गा थापा मगरले ३४५ मत प्राप्त गरेकी छन् । राष्ट्रिय स्वतन्त्र पाटीका मंगलबहादुर थापाले ८६ मत प्राप्त गरेका छन् ।
आइतबार विहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा १ हजार ३७३ मतदाताले मत दिएका थिए । यो वडामा दुई हजार २२५ मतदाता थिए । नौ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।
२०७९ को स्थानीय तह निर्वाचनमा भने एमालेका खिलबहादुर रानाले ४५३ मत ल्याएर निर्वाचित भएका थिए । नेपाली कांग्रेसका गिता थापा मगरले ४२८ र नेकपा माओवादी केन्द्रकी सावित्री थापा २७४ मत ल्याएकी थिइन् ।
वडाध्यक्ष रानाको २०७९ साल कात्तिक १० गते निधन भएपछि उपनिर्वाचन भएको हो ।
२०७४ को निर्वाचनमा यो वडामा नेपाली कांग्रेसका रामकुमार थापा मगर ४४१ तत ल्याएर निर्वाचित भएका थिए । कांग्रेस एमालेको पकड रहेको यो वडामा यसपाली भने माओवादीले जित हात पारेको छ ।