शैक्षिक प्रदर्शनीमा पुलिस स्कुल पहिलो, पञ्चमुनि दोस्रो (तस्बिरहरु)

दोस्रो हुन सफल पञ्चमुनि देव माविका विद्यार्थीले तयार पारेको सामाग्री

दुलेगौंंडा

माध्यमिक तहस्तरीय शैक्षिक सामग्री प्रदर्शनी तथा शैक्षिक मेलामा नेपाल पुलिस स्कुल बेलचौतारा पहिलो भएको छ ।


शुक्लागण्डकी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले शुक्रबार आयोजना गरेको मेलामा सहभागी २५ विद्यालयलाई पछि पार्दै पुलिस स्कुल पहिलो बनेको हो ।

पञ्चमुनिदेव मावि दुलेगौंडा दोस्रो भएको छ । जनकल्याण मावि तेस्रो, सान्तवना खैरेनी माध्यमिक विद्यालय र लिटल गार्डेन आवसीय मावि बन्यो ।
पहिलो, दोस्रो, तेस्रो, र सान्त्वनाले क्रमशः १० हजार, ८ हजार, ६ हजार र ४ हजार रुपैयाँको साथमा प्रमाणपत्र प्राप्त गरेको शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत शुसिल नरालले जानकारी दिए ।

उनका अनुसार शुक्लागण्डकीका २६ माध्यमिक तहको पढाइ हुने विद्यालयका विद्यार्थीले बनाएका शैक्षिक सामाग्री प्रदर्शनीमा राखिएको थियो ।
जनकल्याण मावि बेलचौतरामा भएको मेलामा ४ हजार दुई सय जनाले मेलाको अवलोकन गरेको दाबी गरिएको छ ।

विज्ञान, नेपाली, सामाजिक, गणित र अंग्रेजी विषयका सामग्री विद्यार्थीले तयार पारेर प्रदर्शनीमा ल्याएका थिए । विद्यार्थीले परम्परागत सामाग्रीदेखि आधुनिक रकेटसम्म तयार पारेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.