शुक्लागण्डकी महोत्सवमा रामजी र समिक्षा आउने, जेम्सीको लाइभ कन्सर्ट

दुलेगौंडा


शुुक्लागण्डकी महोत्सवमा सोमबार चर्चित कलाकारहरुको प्रस्तुती रहने भएको छ । तनहुँको शुक्लागण्डकी–५ बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सवमा सोमबार गायिक समिक्षा अधिकारीको अधिकारीसँगै चर्चित कलाकारले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् ।

साँझ ६ बजेपछि समिक्षाको प्रस्तुती रहने आयोजक शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका कलाकार संयोजक सुमन सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार दिउँसो रामजी खाँड, घनश्याम रिजाल र कृष्ण अखेलीको प्रस्तुती रहनेछ ।


राती ८ बजेपछि लाइभ कन्र्सट हुनेछ । जेम्सीले लाइभ कन्सर्टमा प्रस्तुती दिने कन्सर्ट संयोजक प्रकाश थापाले जानकारी दिए । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव फागुन २० गतेसम्म चल्नेछ ।महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संघसंस्था लगायत १७५ स्टल समावेश गरिएको छ ।

राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारको प्रस्तुती, लाइभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रा, खानाका परिकार, पुष्प प्रदर्शनी तथा बिक्रि, दैनिक उपभोग्य बस्तुको प्रदर्शनी एव बिक्री, हस्तकलाका सामान बिक्री तथा प्रदर्शनीलाई समावेश गरिएकोे छ ।

महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

महोत्सव अवधिभर २ लाख दर्शकले अवलोकन गर्ने अनुमान छ । ५ करोड रुपैयाको आर्थिक कारोवार हुने आयोजक शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले जनाएको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.