शुक्लागण्डकी जेसीजको अध्यक्षमा प्रकाश विक सर्वसम्मत

दुलेगौंडा


शुक्लागण्डकी जेसीजको अध्यक्षमा प्रकाश विक सर्वसम्मत चयन भएका छन् । शनिबार भएको २२ औं अधिवेशनले विकको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कार्यकारी उपाध्यक्षमा पुकार श्रेष्ठ, मदन सिग्देल चयन भए । उपाध्यक्षमा सागर लामीछाने, प्रेमनारायण अर्याल, कजन श्रेष्ठ, प्रकाश भुसाल रहेका छन् ।

महासचिवमा शुसिल थापा र कोषाध्यक्षमा भीष्म श्रेष्ठ अध्यक्ष विकबाट मनोनित भए । २१ सदस्यीय कार्यसमितिको बाँकी पदाधिकारी र सदस्य अध्यक्षले मनोनयन गर्नेछन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.