पोखरा
सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेलाई काठमाडौं लगिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई विमानमार्फत काठमाडौं लगिएको हो ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धानका लागि रविलाई काठमाडौं लगेर वयान लिइदैछ ।
पछिल्लो पटक मंसीर ९ गते रविलाई थप १५ दिन हिरासतमा राख्ने जिल्ला अदालत कास्कीले अनुमति दिएको थियो । त्यस लगत्तै मंगलबार विहान रविलाई काठमाडौं लग्ने तयारी गरेपनि काठमाडौं प्रहरीले ‘होल्ड’ गरेपछि रोकिएको थियो ।
पूर्वगृहमन्त्रीसमेत रहेका रवि कात्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट पक्राउ परेका थिए ।
यसअघि कास्की प्रहरीको हिरासतमा रहेका गोरखा मिडियाका पूर्वसञ्चालकसमेत पूर्वडीआइजी छविलाल जोशी र पुर्पक्षका लागि कास्की कारागारमा रहेका गोरखा मिडिया नेटवर्कका अर्का सञ्चालक कुमार रम्तेललाई काठमाडौं लगेर वयान लिइएको थियो ।