रविलाई आज सांझसम्म वीरगन्ज लैजाने तयारी

पोखरा

सहकारीको रकम अपचलन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेलाई आज विरगन्ज लैजाने तयारी गरिएको छ ।

आइतबार ४ दिनको म्याद थपेर रविलाई आज साँझसम्म वीरगञ्ज लैजाने प्रहरीको तयारी हो ।

विमानमार्फत पोखराबाट काठमाडौ हुँदै वीरगन्ज लैजाने स्रोतले जानकारी दियो । आज साँझ लगेर भोलि साँझ पोखरा फिर्ता ल्याउने तयारी छ ।

वीरगञ्जस्थित सानो पाइला सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा ल्याएको पाइएपछि अनुसन्धानका लागि बुधबार रविसहित १४ जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।  वयानका लागि रविलाई वीरगन्ज लैजान लागिएको हो ।

गोरखा मिडिया नेटवर्कका सन्चालक रहेका पुर्वडिआइजी छविलाल जोशीलाई भने आइतबार साँझ सडक मार्ग हुँदै वीरगन्ज लगिएको छ ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामीछानेलाई पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी प्रकरणमा कार्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट पक्राउ गरिएको थियो ।

कात्तिक ३ गते बिहानपख पोखरा ल्याइएकोमा कात्तिक ४ गते जिल्ला अदालत कास्की पेश गरिएको थियो ।


честные казино с быстрыми выплатами
бездепозитные бонусы казино
играть в лучшем казино на деньги
база казино с бездепозитным бонусом
онлайн казино России
casino oyunu


पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको चितवन सहारा सहकारी, बुटवलको सुप्रिम सहकारी र वीरगञ्जको सानोपाइला सहकारीको रकम अवैधानिक तवरले गोरखा मिडिया नेटवर्कमा ल्याइ अपचनल गरेको सहकारी छानविन विशेष संसदीय समितिले ठहर गरेपछि रवि अनुसन्धानमा तानिएका हुन् ।

रवि सञ्चालक रहेको गोरखा मिडिया नेटवर्कमामा ६५ करोड ५४ लाख रूपैयाँ अपचलन गरेको संसदीय समितिले प्रतिवेदनमा खुलाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.