पोखरा
जिल्ला प्रहरी कार्यालय कास्कीले २३ वटा ‘मोडिफाइड’ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । चर्को आवाज निकालेर ध्वनी प्रदुषण गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।
मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए । स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने मोटरसाइकल नचलाउन उनको सुझाव छ ।
यदी कसैले चलाएको देखेमा जिल्ला प्रहरी कार्यालय कास्कीमा सूचना दिन प्रहरीले अनुरोध गरेको छ । कास्की प्रहरीले यसअघि पनि ‘मोडिफाइड’ बाइकलाई नियन्त्रणमा लिएर कारबाही गरिरहेको छ ।