फेवाताल किनारमा कोटीहोम गर्ने मानवसेवालाई कारण देखाउ आदेश

पोखरा

फेवाताल किनारमा गर्न लागिएको कोटिहोम किन गर्ने भन्दै ? कारण देखाउ आदेशी जारी भएको छ । उच्च अदालत पोखराले कोटिहोम सञ्चालनको तयारीमा रहेको मानव सेवा फाउण्डेसनको नाममा कारण देखाउ आदेश जारी भएको हो ।

मंगलबार न्यायाधीश दिपेन्द्र अधिकारीको इजलासले फेवातालको किनारमा कोटीहोम सञ्चालन गर्नुपर्ने कारणसहित लिखित पेश गर्न आदेश जारी भएको छ ।

फागुन २ गते अधिवक्ता भगवती पहारी, मीनाकुमारी रानाभाट र गीता आचार्यले फेवातालमा हुने भनिएको कोटिहोम रोक्न माग गर्दै रिट दायर गरेका थिए । उनीहरुले मानवसेवा फाउण्डेसन, पोखरा महानगरपालिका वडा नम्बर ६, वडा नम्बर १३, वडा नम्बर १४ को कार्यालयलाई लगायत १० जनालाई विपक्षी बनाएका हुन् ।

फाउण्डेसनले कोटीहोम गर्नलाई चौतारीका वर, पीपल, समीका रुखका काटेर ठुट्टै बनाएपछि निकै आलोचना भएको थियो । मानव सेवा फाउण्डेसनले काटेर लेकसाइडस्थित मानवसेवा आश्रमको ट्रष्टमा राखेको दाउरा पोखरा महानगरपालिकाले जफतसमेत गरेको थियो ।

वैशाख १७ देखि जेठ २६ गतेसम्म कोटीहोम गर्नलाई बालयोगेश्वर विजय कृष्णमूर्ती भनिने विजय भण्डारीको नेतृत्वको फाउनडेसन तीव्र तयारीमा लागेको छ ।


पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराको लेकसाइडमा कोटीहोम हुन नदिने बताउदै आएका छन् ।

पोखराका मेयर धनराज आचार्यले कुनै पनि हालतमा फेवा किनारमा कोटीहोम गर्न अनुमति नदिने अडान लिँदै कार्यपालिकाबाटै निर्णय गराएर नेपाल ट्रस्टलाई जग्गा उपलब्ध नगराउन पत्राचारसमेत गरेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.