प्राइम सहकारी प्रकरणमा थप एक जना कारागार चलान


पोखरा
पोखराको प्राइम बहुउद्देश्यीय बचत तथा ऋण सहकारीको रकम हिनामिना प्रकरणमा थप एक जनालाई कारागार चलान गरेको छ ।

तनहुँको व्यास नगरपालिका-१० का शंकरनारायण श्रेष्ठलाई कारागार चलान गरिएको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालतमा पेश गरेको थियो ।
अदालतले ५० लखा धरौटीमा छाड्ने आदेश दिएको थियो । अदालतले तोकेको धरौटी रकम तिर्न नसकेपछि बिहिवार कास्की काराकार चलान गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

पोखरा महानगरपालिका- ४ गैरापाटनमा कार्यालय रहेको प्राइम सहकारीले एक अर्ब ५४ करोड १५ लाख आठ हजार १४२ रुपैयाँ ८५ पैसा रकम अपचलन गरेको सहकारी रजिष्ट्राको कार्यालय गण्डकीले गरेको अनुसन्धानले देखाउँछ ।

प्रबन्धक निरु थापा र कर्मचारी प्रमुख सुरेन्द्रमणि पौडेलको योजनामा सहकारीको रकम अपलचन भएको सहकारी रजिष्ट्रारको कार्यालयले निष्कर्षसहितको प्रतिवेदन प्रहरीमा बुझाएको थियो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.