दुलेगौंडा
पार्सलमा लागुऔषध मगाउने शुक्लागण्डकीका युवकलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का ३५ वर्षीय राजकुमार सेनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई शुक्लागण्डकी–२ गाछेपानीबाट पक्राउ गरिएको जनाइएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा माइक्रो चेकजाँच गर्दा पार्सल गरेर पठाइएको लागुऔषध बरामद गरेको थियो ।
पार्सलमा डाइजेपाम ४३ एम्पूल, फेनरागन ४३ एम्पूल र बुफ्रिन ४३ एम्पूल बरामद भएको हो ।