दुलेगौंडा
जिल्ला प्रहरी कार्यालय तनहुँले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
अन्य चोरी र सार्वजनिक अपराध मुद्धामा अदालतबाट दोषी ठहर भएका आबुखैरेनी गाउँपालिका–४ खस्राङ बस्ने नन्दबहादुर गुरुङ र म्याग्दे गाउँपालिका–२ काफलथोक बस्ने आयुष घिमिरेलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
उनीहरुलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी अशोक थापाले जानकारी दिए ।
नन्दबहादुरले १ महिना कैद र १६ हजार ८४० रुपैयाँ जरिवाना भुक्तान गर्नेछन् । घिमिरेलाई एक हजार रुपैयाँ जरिवानाका लागि प्रहरीले पक्राउ गरेको हो ।