पोखरा
जिल्ला प्रहरी कार्यालय तनहुँले चेक अनादर मुद्वामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट दोषि ठहर भइ फरार रहेका उनीहरुलाई घरबाटै पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–११ रानीगाँउ बस्ने ४७ वर्षीया रामेश्वरी भट्ट र सोही स्थानका ४७ वर्षीय केशवराज पन्थ रहेका छन् ।
रामेश्वरीलाई चार लाख रुपैयाँ बिगोवापत २ वर्ष कैद हुने जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी अशोक थापाले बताए । उनका अनुसार पन्थले एक हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी छ ।