कास्कीमा लागुऔषधसहित पक्राउ, तनहुँमा फरार प्रतिवादी

दुलेगौंडा– जिल्ला प्रहरी कार्यालय कास्की र लागु औषध नियन्त्रण ब्यूरो पोखराले एक जनालाई लागु औषधसहित पक्राउ गरेको छ।
पोखरा महानगरपालिका–१ कस्केरीका ४१ वर्षीय आनन्द साइलाई प्रहरीले पक्राउ गरेको हो।

लागु औषध कारोवार तथा विक्री गर्ने गरेको सूचनाको आधारमा छापा हान्दा प्रहरीले फेला पारेको छ। उनको कोठाबाट लुकाइछिपाई राखेको अवस्थामा डाइजापाम ४८ एम्पुल, फेनरागन ४४ एम्पुल, नुर्फिन २० एम्पुल र ब्रुर्फिन २१ एम्पुल बरामद गरेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए।

यस्तै, ३०० ग्राम गाँजासमेत बरामद गरिएको छ। जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यता तनहुँ प्रहरीले भने लागुऔषध मुद्वामा फरार एक जनालाई पक्राउ गरेको छ। अदालतबाट दोषी ठहर भएर फरार रहेका बन्दीपुर गाउँपालिका–२ मोहोरियाका ४४ वर्षीय राजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत तनहुँको कात्तिक २३ गते भएको फैसलाले राजनलाई दोषी ठहर गर्दै १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो। कैद भुक्तानका लागि कारागार चलान गरिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.