आहा रारा पोखरा गोल्डकपः पुलिस पुग्यो ११ औं पटक फाइनलमा

पोखरा

विभागीय टोली नेपाल पुलिस क्बल जारी आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

खेलको ५८ औं मिनेटमा पेनाल्टी बक्सको बाहिरबाट पुलिसका सन्जिव लामाले गरेको गोल पुलिसलाई उपाधि नजिक पुग्न पर्याप्त बन्यो । योसँगै पुलिस ११ औं पटक आहा राराको फाइनल खेल्दैछ ।

पुलिसले क्याराभानसहित ६ पटक उपाधि जितेको छ । ४ पटक उपविजेता बनेको छ । पुलिसले लगातार तीन संस्करण जितेर ह्याट्रिकको इीतहास रचेको छ । पुलिस २०५८, ०५९, ०६४, ०६५, ०६६ र ०७४ मा उपाधि जितेको हो । अब पुलिसले फाइनलमा भोलि हुने थ्रीस्टार क्लब र ब्ल्याक बुल्स फुटबल क्लब उज्केविस्तानबीचको विजेतासँग भिड्नेछन् ।

बुधबारको खेल पुलिसको आहा रारामा ५० औं ऐतिहासिक खेल थियो । यस्तै आहा राराको इतिहासमा २५० औं खेल हो ।

माघ २३ देखि जारी प्रतियोगिताको फाइनल खेल फागुन ३ गते हुनेछ । यो पटक तीन विदेशीसहित १२ टोली प्रतियोगितामा सहभागी थिए ।

उपाधि विजेताले १२ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ६ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.