पोखरा महानगरका प्रबक्ता अधिकृत पौडेलको शव फेला
Tanahun Khabar DailyNEWS
असार, ३० तनहुँ
करिव ३ हप्ता देखी वेपत्ता पोखरा महानगर पालिकाका सामाजिक विकास शाखाका अधिकृत तथा नगरपालिकाका प्रबक्ता ओमराज पौडेलको शव शनिबार(आज) फेला परेको छ ।
गत ९ गते शनिबार विहान मर्निङ्गवाक गर्नको लागी घरबाट निस्कीएर बेपत्ता भएको अधिकृत पौडेलको शव तनहुँ स्थित भिमाद नगरपालिकाको वडा न ६ सेती किनारमा फेला परेको हो ।
उनको शव सनाखत गरी पोष्टमार्टमको लागी पोखरा स्थित गण्डकी अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय भीमादका प्रहरी प्रमुख ज्ञानेन्द्र क्षेत्रीले जानकारी दिए । क्षत्रीले फेला परेको शव आफन्तको जिम्मा समेत लगाइसकिएको बताएका छन् ।
करिव दुई दशक देखी पोखरा महानगरपालिकामा कार्यरत पस्र्याङ्गका अधिकृत पौडेल बेपत्ता भए पश्चात महानगरले उनको खोजीको लागी भन्दै पोखरामा पत्रकार सम्मेलन गरेर सवै सुरक्षा निकायलाई आग्रह गरेको थियो ।
श्रीमतीलाई चिठ्ठी लेखेर हराएका थिए पौडेल
यस्तो लेखिएको थियो पत्रमा ः “कठै उर्मिला तिमीले यतीधेरै माया दिदा पनि जीवनभर साथ दिन सकिँन । ३ वटा कोपिला तिम्रो जिम्मामा छाडेर जादैछु । राम्रो सँग बसे चारै जना । अलविदा ।
महानगरका सुचना अधिकारी समेत रहेका पौडेल बेपत्ता भएको करिव १ हप्ता पश्चात उनले लेखेको चिठ्ठी सार्वजनिक भएको थियो । उनले आफ्नो श्रीमतीलाई खुशीसाथ राख्न नसेकेको आसय सहितको पत्र लेखेर छाडेका थिए । उक्त पत्रमा उनले आफ्ना ३ सन्तानको राम्रो ख्याल गर्न आग्रह गर्दै अलिविदा लेखेका थिए ।