मोडर्न इन्टरनेशनल एकेडेमीमा हाजिरी जवाफ प्रतियोगिता

Tanahun Khabar Daily

NEWS

असार २९, खैरेनीटार
मोडर्न इन्टरनेशनल एकेडेमीका विद्यार्थीहरु विचको हाजिरी जवाफ प्रतियोगिता विहिबार सम्पन्न भएको छ । शुक्लागण्डकी नगरपालिकाको वडा न ७ शान्तीनगरमा रहेको यस एकेडेमीका कक्षा एल.के.जी देखी कक्षा २ सम्मका विद्यार्थीहरु वीच सदन स्तरमा प्रतियोगिता गराइएको हो । विद्यार्थीहरुलाई रचनात्मक तथा सिर्जशिल बनाउनको लागी प्रतियोगिता आयोजना गरिएको एकेडेमीका प्रिन्सिपल प्रेम कुमार परियारले बताए ।


प्रतियोगितामा रातो सदनबाट अभिषेक राना, अनु गुरुङ्ग, नविन श्रेष्ठ र जेमिशा जलारीको समुह प्रथम भए । यस्तै पहेँलो सदनबाट गुरास नेपाली, नितिशा थापा, विप्सन थापा, र आयुष माझीको समुह द्धितीय र निलो सदनबाट अनुस्का थापा, आयुष परियार, अदित राना र साहारा थापा तृतीय भए ।


प्रतियोगिता अनेरास्ववियु जनप्रिय बहुमुखी क्याम्पस पोखराका विद्यार्थी नेता गोविन्द महतको प्रमुख आतिथ्यता तथा प्रिन्सिपल परियारको सभापतित्वमा सम्पन्न भएको हो ।


विद्यार्थीहरुलाई मेडल प्रदान गर्दै प्रिन्सिपल परियारले गुणस्तर सहितको शैक्षिक सेवा प्रदान गर्नका लागी चालु शैक्षिक सत्रबाट शुरुवात गरेको एकेडेमीलाई दक्ष विद्यार्थी उत्पादनको थलो बनाउने दावि गरे । उनले भने –“प्रयोगात्मक शिक्षाको आवश्यकता रहेको छ, हामी सोही अनुसार अध्यापन विधीलाई अबलम्वन गरेका छौँ ।”

एकेडेमीमा खैरेनीटार भोटेपानी, शान्तीनगर, भिमाद तथा टुडाँ लगायतका करिव ४० जना बालबालिका(विद्यार्थी)हरु अध्यापन गर्दै आएका छन् । एकेडेमीमा मन्टेश्वरी सहित नर्सरी देखी कक्षा २ सम्म अध्यापन हुदै आएको छ ।