NEWS

प्रहरी निरिक्षक विकलाई नागरिक समाजको स्वागत

जेठ २७ बेलचौतार
इलाई प्रहरी कार्यालय बेलचौतारामा प्रहरी निरिक्षकको रुपमा आएका श्रवण कुमार विकलाई शुक्लागण्डकी नागरिक समाजले स्वागत गरेको छ । शनिबार नागरिक समाजका अध्यक्ष खेमराज खनालको संयोजकत्वमा पुगेका नागरिक समाजका पदाधिकारीहरुले प्रहरी निरिक्षक विकलाई प्रहरी कार्यालय बेलचौतारामा नै पुगी स्वागत गरेको थियो ।
उक्त कार्यक्रममा नागरिक समाजले विकलाई यस क्षेत्रमा हुने गरेको विकृती विसंगतीहरुलाई न्यूनिकरण गर्नको लागी आग्रह गरेको छ । समाजले प्रहरी निरिक्षक विक समक्ष यस क्षेत्रमा हुने लागुपदार्थ दुब्र्यसनी, प्राकृतिक स्रोतको अवैध उत्खनन्, जुवा तास, एवं चोरी डकैतीका समस्यालाई समाधान गरि नागरिकहरुको सुरक्षालाई प्रभावकारी बनाउन आग्रह गरिएको समाजले जनाएको छ ।
परिचयात्मक कार्यक्रम सहित आयोजना गरिएको स्वागत कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक विकले नागरिक समाज विना प्रहरीले आफ्ना जिम्वेवारीलाई प्रभावकारी बनाउन नसक्ने जानकारी दिदै प्रहरीलाई आवश्यक सुझाव दिन आग्रह गरे ।
यता नागरिक समाजका अध्यक्ष खनालले प्रहरी प्रसासनलाई नागरिक समाजले हरेक कुरामा साथ दिने प्रतिवद्धता ब्यक्त गर्दै जनशक्ति अभावका कारण नागरिकहरुको सेवामा हुने गरेको कठिनाईलाई ध्यान दिन आग्रह गरे । खनालले प्रहरी प्रशासनमा स्रोत र साधनको अभावका कारण नगरभित्रका ग्रामिण क्षेत्रमा हुने घटनाहरु छायांमा पर्ने गरेको गुनासो गर्दै प्रहरीको सेवा गाउमुखी समेत हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा नागरिक समाजका उपाध्यक्ष रिता अधिकारी, सचिव बाबुराम बस्नेत, कोषाध्यक्ष जित बहादुर थापा, सहसचिव विबेक खनाल सदस्यहरु अम्विका घिमिरे, बालकृष्ण पौडेल, हिमलाल ढकाल, अब्दुल गफुर मिया राजेन्द्र शर्मा कृष्ण घिमिरे, उमनाथ पाठक लगायतका नागरिक अगुवाहरु नवआगन्तुक प्रहरी निरिक्षक विकलाई स्वागत गर्न बेलचौतारा पुगेको थिए ।

Facebook Comments
Show More
Loading...
Close