अपराध विरुद्ध निर्मम प्रहार हुन्छ— प्रहरी निरिक्षक वि.क.

Tanahun Khabar Daily

NEWS

जेठ २४, दुलेगौडा
इलाका प्रहरी कार्यालय बेलचौतारामा सरुवा भई आएका प्रहरी निरिक्षक श्रवण कुमार विकले यस क्षेत्रमा हुने अपराध न्यूनिकरणको लागी प्रभावकारी रुपमा लाग्ने बताएका छन् ।
बुधबार कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै विकले भने “अपराध विरुद्ध निर्मम प्रहार हुन्छ ।” उनले कार्यालयका कार्यक्षेत्रलाई सुरक्षाका दृष्टीले बलियो बनाउने दावि गर्दै सवै राजनितिक दल, जनप्रतिनिहरु, तथा सञ्चारमाध्यमहरु सँग मिलेर अघि बढ्ने बताए ।
बुधबारबाट प्रहरी प्रमुखको कार्यभार सम्हालेका प्रहरी निरिक्षक विकले प्रहरी सँगठनले उठाएको मुद्धालाई यस क्षेत्रमा अक्षरंश पालना गरिने जानकारी दिए । उनले भने —“नेपाल प्रहरीले उठाएको मुद्धाहरुलाई प्रभावकारी बनाइने छ, अपराध, अनुसन्धान, र शान्तीसुरक्षाको लागी डटेर लागि पर्नेछु ।”
प्रहरी निरिक्षक विकले यस क्षेत्रमा हुने गरेको घटनाहरुको बारेमा पत्रकारहरु सँग जानकारी लिदै विषेश गरी ग्याङ्ग फाइट, अबैध नदी दोहन, लागुपदार्थको तस्करी र नियन्त्रणलाई रोक्ने बताए ।
उनले प्रहरीले गरेको राम्रो कामहरुलाई साथ दिन आग्रह गर्दै गर्नु पर्ने कार्यबाट विमुख रहेको खण्डमा समेत सचेत बनाउन पत्रकारहरुलाई आग्रह गरेका छन् ।