NEWS
खैरेनीटारमा अचार बनाउने तालिम सम्पन्न
कमल मोहन घिमिरे
खैरेनीटार, २० जेठ । नमूना टोल विकास संस्था, शुक्लागण्डकी नगरपालिका वडा नं. ६, खैरेनीटार, तनहुँको आयोजना तथा शुक्लागण्डकी नगरपालिका वडा नं. ६ को आर्थिक सहयोगमा सञ्चालित पाँचदिने निःशुल्क अचार बनाउने तालिम सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्ण बहादुर पौडेलले सिकेका कुरालाई व्यवहारममा उतार्न आग्रह गरे । उनले वर्तमान अवस्थामा कृषि पेशालाई प्राथमिकता दिनुपर्ने वताए ।
कार्यक्रममा शुक्लागण्डकी नगरकार्यपालिका सदस्य एवं प्रबक्ता खिम बहादुर कुमालले अर्गानीक अचार बनाउने अभियानमा लाग्न आग्रह गरे । उनले दैनिक अभ्यास गरे प्रशिक्षक बन्न सकिने पनि वताए । साथै उनले अवका दिनमा आर्थिक समृद्धिको अभियानमा लाग्न पनि अनुरोध गरे ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा नं. ६ का वडा सदस्य बुद्धि बहादुर थापाले तालिमबाट सिकेका कुरा अरुलाई पनि सिकाउन आग्रह गरे । उनले आउने दिनमा उद्यमी बन्न पनि अनुरोध गरे ।
कार्यक्रममा पत्रकार कमल मोहन घिमिरेले तालिमलाई तालिममा सिमित नगरि व्यवसायीक बन्न अनुरोध गरे । उनले तालिमबाट सिकेको कुरालाई व्यबहारमा लागूगर्न सकेमा जिवनयापन शैलिलाई परिवर्तन गर्न सकिने पनि वताए ।
कार्यक्रममा वडा नं ६ की वडा सदस्य शुशिला कुमाल, नमूना टोल विकास संस्थाकी संस्थापक अध्यक्ष सीता ढकाल, बर्रेडाँडा टोल विकास संस्थाका अध्यक्ष केशवराज पौडेल, प्रगतिटोल विकास संस्था ए की अध्यक्ष बसन्ता थापा, सूयोदय टोल विकस संस्थाकी सरस्वती थापा, हुलाक लाईन टोल विकास संस्थाकी अध्यक्ष गंगा अधिकारी, प्रशिक्षक धनमाया राना, सरिता घिमिरे, खुमाया थापा लगायतले वोलेका थिए । २६ जनाको सहभागिता रहेको तालिम अवधिमा छवटा भन्दा बढि अचार बनाउने तरिकालाई व्यवहारिक रुपमा सहभागि गराएर प्रशिक्षण गदिईएको थियो ।
नमूना टोल विकास संस्थाकी अध्यक्ष रुपा रानाको अध्यक्षता रहेको कार्यक्रमा स्वागत उपाध्यक्ष सीता कुमालले गरेकी थिईन भने सञ्चालन सचिव सनिता थापाले गरेकी थिईन् ।
