NEWS
भुजेल समाजले कतारमा मनायो उभौली
जेठ १, तनहुँ । भुजेल प्रवासी समाज कतारले गत शुक्रबार विभिन्न कार्यक्रमहरु गरी उभौली पर्व हर्षोल्लासको साथमा मनाएको छ । “भुजेल जातीको विकास र उन्नतीको आधार, संस्कृती, शिक्षा र रोजगार” भन्ने नारा सहित स्थापना भएको समाजले कतारमा रहेको नेपाली आँगन रेष्टुरेष्टमा एक कार्यक्रम गरी यो पर्व मनाएका हुन् ।
भुजेल जातीहरुको परम्परा अनुसार गरिने पुजाको समेत समापन गर्दै प्रबासमा रहेका भुजेलहरुले विदेशी भुमीमा समेत आफ्नो सस्कृतीलाई जगेर्ना गर्न पाएकोमा खुशी ब्यक्त गरेका थिए ।
कार्यक्रममा समाजका सक्रिय सदस्य प्रभात भुजेलले समाजलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । उनले कतारमा रहेको सम्पूर्ण भुजेल समुदायका नागरिकहरुलाई समाजमा सहभागी गराउनु पर्ने बताउदै भुजेलजातीको बृद्धी विकासमा समाजले योगदान पु¥याउनु पर्ने बताए ।
समाजका अध्यक्ष मिलन भुजेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । पूर्व अध्यक्ष एवं संरक्षक नियम भुजेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष धन बहादुर भुजेल स्वागत गरेका थिए भने महासविच युवराज भुजेलले कार्यक्रम सञ्चालन गरेका गरेका थिए । कार्यक्रममा नेपाली सास्कृतीक समुह ह्याप्पी ग्रुपका कलाकारहरुले सास्कृतीक प्रस्तुती प्रस्तुत गरेका थिए ।
