sd{rf/L 6]«8 o'lgogsf] lgjf{rg dx]Gb|gu/df lghfdtL sd{rf/Lsf] cflwsfl/s 6]«8 o'lgogsf] a'waf/ laxfg ( ah]b]lv ;'? ePsf] lgjf{rgdf dtbfgsf nflu nfda4 sd{rf/L . tl:a/ M z]/axfb'/ l;+x, dx]Gb|gu/, /f;;

तनहुँको चिनारी कौरा सार्वजनिक (भिडियो सहित)

Tanahun Khabar Daily

ENTERTAINMENT

तनहुँका रहेको सवै विधाका कलाकारहरुको साझा संस्था तनहुँ कलाकार संघले जिल्लाको पहिचान झल्काउने गरी कौराहा गित सार्वजनिक गरेको छ । गत वर्ष संघले जिल्ला ब्यापिरुपमा आयोजना गरेको तनहुँ लोक आवाज २०७४ मार्फत विजेता बन्न सफल पदम नेपाली र तृतीय हुन सफल रुपा थापा मगरको आवाजलाई समेटेर“तनहुँको चिनारी कौरा” बोलको गित सार्वजनिक गरिएको हो ।

तनहुँका पर्यटकिय तथा धार्मिक क्षेत्रहरुलाई शब्दमा समेटेर निर्माण गरिएको गित लोक गायक तथा कलाकार संघका वरिष्ठ उपाध्यक्ष यामसागर वि.कले लेखेका हुन् । स्वरमा समेत साथ दिएका गायक वि.क.को गितमा लय सुन्न सकिन्छ ।
गितको एजेन्ज पछिल्लो समयमक चर्चित एरेन्जर, संगितकार समेत रहेको दिवान किनारले गरेका हुन् भने गितलाई जनता डिजिटल प्रालिले म्युजिक भिडियो बनाएर बजार ब्यवस्थापन गरेको छ ।
जिल्लाको घिरिङ्ग गाउँपालिकाका विभिन्न रमणिय स्थानमा छायाङ्कन गरी तयारी पारिएको म्युजिक भिडियोमा विवेक राना मगर र सिमा थापाको आकर्षण अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोको निर्देशन सर्जन मगरले गरेको हुन् भने छायाङ्न मुकेश हुमागाँई र सम्पादन अमृत चापागाईले गरेका हुन् ।