
पोखरामा प्रहरी अपरेशन गुण्डा लक्षित भएपछि यहाँको शान्ती सुरक्षा बलियो वनेपनि छिमेकी जिल्ला तनहुँमा गुण्डाराज मौलाएको छ । टोले गुण्डाहरुको ग्याङ् फाइट भइरहने घटना वढ्पछि तनहुँमा सुरक्षा चिन्ता वढेको छ । तनहुँको वेलचौतारा, खैरनीटार, भिमाद, थर्पु र डुम्रेमा गुण्डागर्दी वढि हुने गरेको पछिल्ला घटनाले पुष्टि गरेको छ ।
ठेक्का पट्टा, निर्माण सामग्री उद्योग, क्रसर व्यवसायी संग असुली धन्दा चलाउदै आएका टोले गुण्डाहरु तनहुँ प्रहरीका लागि टाउको दुखाइएको विषय वनेको छ । प्रहरीले सकृयतापूर्वक अप्रेशन संचालन गर्न नसकेको फाइदा उठाउदै स्थानिय गुण्डाहरुको मनोवल वढेको भन्दै कतिपयले तनहुँ प्रहरीको आलोचना गरेका छन् ।
तनहुँको ठाउँ ठाउँमा वेलाा वेलामा हुने संगठित अपराध र गुण्डागर्दी नियन्त्रणमा तनहुँ प्रहरी आवद्ध गुण्डाहरु लाई जोगाउन आउने दवाव तथा दृश्य अदृश्य शक्तिको प्रभावलाई चिरेर सक्षम पुलिसिङ गर्न नसकेको तितो यथार्थ सवैले वुझेकै छन् ।
प्रहरी उपरीक्षक उमेशराज जोशी सुरुमा केहि सकृय जस्तो देखिएपनि पछिल्ला समयमा उनको सकृयताको पारो ह्वात्तै घटेको छ । नेपाली कांग्रेसको पकड जिल्ला, रामचन्द्र पौडेलको छायां मात्र हैन वर्तमान वाम गठवन्धन सरकारको कोप भाजनको त्रिशंकु सिकारमा परेका कारण एस.पि. जोशीले अपेक्षाकृत गति हासिल गर्न सकेनन् भन्ने वुझाइ पनि रहेको छ ।
पछिल्लो सांघातिक आक्रमणको एक घटनामा संलग्न दर्जन वढी केटाहरुलाई किटानी जाहेरी आई मुद्धा दर्ता भएको दुई महिला कटि सक्दा पनि पक्राउ गरेर अदालत वुझाउन नसक्नुले पनि तनहुँ प्रहरी ईञ्चार्ज उमेश राज जोशीको असफलतालाई संकेत गरेको छ । जिल्ला कमाण्डरको स्पष्ट निर्देशन र ढाडस पाउने हो भने फरार अभियूक्त हरु २४ घण्टा भित्र गिरफ्तार गर्न सक्ने जनशक्ति तनहुँ प्रहरीमा छ तर एस.पि. जोशी नरम देखिएपछि गुण्डा गर्दी स्वीप गर्ने नेपाल प्रहरीको मिशन तनहुँमा प्यारालाइस भएको छ ।
को को संलग्न छन् ?
मिति २०७४ फागुन ९ गते म्याग्दी गाउँपालिका ६ थर्पु तनहुँको घटनामा पीडित पक्षले १४ जना उपर ज्यान मार्ने उद्योग मुद्दामा किटानी जाहेरी दिएका छन् । आक्रमणमा परि घाइते भएका सञ्जु भुजेल, सञ्जिव राई र प्रदिप गुरुङका आफन्तहरु तनहुँ सुक्लागण्डकी न.पा. ५ की लक्ष्मी राई र सोही ठाउँका चोक वहादुर भुजेलले किटानी जाहेरी दिएका पीडित पक्षका समाचार स्रोतले हामीलाई वताएका छन् । १४ जनामाथि जाहेरी दिए पनि तनहुँ प्रहरीले १ जनालाई मात्र पक्राउ गर्न सफल भएको छ । पक्राउ परेका मिलन पौडेललाई अदालत पेश गरिदा पुर्पक्षका लागि कारागार चलान गरेको छ । विस्वस्त समाचार स्रोतका अनुसार थुनामा रहेका पौडेलको भन्दा फरार रहेकाहरुको वढी संलग्नता रहेको वुझिन आएको छ ।
तनहुँ प्रहरी कार्यालयले जाहेरीलाई मनासिव ठानेर मुद्दा दर्ता गरायो र प्रारम्भिक अनुसन्धान गरि मुद्दा दर्ता समेत गरिसकेको छ तर विडम्वना नै भन्नुपर्छ दुई महिना वितिसक्दा पनि आरोपी फरार अभियूक्तलाई पक्राउ गर्न सकेको छैन । तनहुँमा पछिल्लो समयमा करिव ६० जना भन्दा बढि अपराध कर्म गरेर फरार भएका छन् तर एस.पी जोशीको कमाण्ड उनीहरुलाई पक्राउ गर्न असमर्थ रहेको पाइएको छ ।
नयाँ आएका एस.पि.शाहले यो र विभिन्न घटनामा फरार रहेका अभियुक्तलाई पक्राउ गरि कानुनी कठघरामा उभ्याएर नेपाल प्रहरीको शिर उचो पार्नुका साथै नागरिकलाई कानुनी राज्यको वलियो प्रत्याभूति प्रदान गर्ने अपेक्षा गरिएको छ ।
को को छन् फरार सूचिमा ?
१. पोखरा लेकसाइड वस्ने वर्ष २८ का सुजन लामा
२. तनहुँ म्याग्दे ७ वस्ने वर्ष २० का विकास नेपाली
३. तनहुँ माग्दे ७ वस्ने वर्ष ३० का सौरभ कायस्थ
४. तनहुँ म्याग्दे ७ वस्ने वर्ष २५ का सुवास कायस्थ
५. तनहुँ म्याग्दे ७ वस्ने वर्ष २६ का विजय नेपाली
६. तनहुँ म्गादे ६ वस्ने वर्ष २४ का सुरज थापा
७. तनहुँ म्याग्दे ६ वस्ने वर्ष २० का विशाल सुनार
८. तनहुँ म्याग्दे ५ वस्ने वर्ष ३० का सन्तोष राना
९. तनहुँ व्यास ४ वस्ने वर्ष २६ का राज श्रेष्ठ
१०. तनहुँ शुक्ला गण्डकी ५ वस्ने वर्ष २४ का मनोज लामिछाने
११ तनहुँ शुक्ला गण्डकी २ वस्ने वर्ष २८ का समिर गुरुङ
१२, कास्की पोखरा १५ रामजार वस्ने वर्ष २५ का विजय पुन
१३. तनहुँ म्याग्दे ५ वस्ने वर्ष २४ का सुरज कायस्थ स्रोत गण्डक न्यूज
