धन की मन ठुलो भन्दै दर्शक माझ आए अशोक दर्जी(भिडियो सहित)

Tanahun Khabar Daily

ENTERTAINMENT

काठमाडौँ। बालगायक अशोक दर्जीको पहिलो गीत ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ बुधबार सार्वजनिक भएको छ। काठमाडौँको पुतलीसडकस्थित ‘स्टुडियो नाइन’मा आयोजना गरिएको विशेष कार्यक्रममा उक्त गीतको म्युजिक भिडियो रिलिज गरिएको हो। गीत रिलिज गर्न बालगायक प्लेन चढेर झापाबाट काठमाडौँ आएका थिए।

गीतमा बिराज नेपालको शब्द रहेको छ भने सङ्गीत गायक तथा सङ्गीतकार टंक बुढाथोकीको रहेको छ। म्युजिक भिडियोमा दर्जी आफैले अभिनय गरेका छन् ।

हेर्नुस् भिडियो :