३३ सुन प्रकरणमा मेरो नाम ! पूर्वाग्रहको पराकाष्ठ—सांसद श्रेष्ठ
Tanahun Khabar DailyNEWS
वैशाख, २५ तनहुँ । ३३ किलो सुन प्रकरणमा सञ्चार माध्यमले पूर्वाग्राही भएर आफ्नो नाम जोडेको प्रतिनिधि सभाका साँसद कृष्ण कुमार श्रेष्ठ किसानले स्पष्ट पारेका छन् ।
तनहुँको क्षेत्र न. १ बाट प्रतिनिधि सांसद बनेका उनले सुन प्रकरण जस्तो गम्भिर विषयमा आफ्नो नाम जोडेर सार्वजनिक भएको समाचार प्रति असन्तुष्टि जनाउदै पूर्वाग्राहको परकाष्ट भएको बताएका छन् । उनले ३३ किलो सुन प्रकरणमा जोडिएका प्रहरी अधिकृत विकास राज खनाललाई तनहुँबासी भएको नाताले सरुवा र बढुवामा सहयोग गरेको खुलाए ।
उनले आफ्ना जिल्लाबासी प्रहरी अधिकृत र पार्टीमा पूर्व गृहमन्त्री समेत रहेका बामदेव गौतम सँग निकट भएका नाताले खनाललाई सहयोग गरेको बताए । सांसद श्रेष्ठले सञ्चार माध्यमहरुले बास्तविक कुरा नवुझी समाचार सम्प्रेषण गरेका बताउदै देशका ठुलो भनिएका सञ्चार माध्यमहरुले नै प्रहरी अधिकृत खनाललाई सहयोग गरेको विषयलाई लिएर आफुलाई बद्नाम गर्न खोजेको बताए ।
सांसद श्रेष्ठले तनहुँबासीको ठुलो आशा र भरोसा आफु माथि भएको भन्दै जस्तोसुकै परिस्थितीमा पनि जिल्लाबासीहरुले दिएका जिम्मेवारीबाट टाढा नजाने दावि गरे ।