अपाङ्गता भएकालाई आवत/जावतमा कठिनाई
Tanahun Khabar DailyNEWS
अमरराज नहर्की
तनहुँ , वैशाख २३ गते । यातायात व्यवसायीले सहज रुपमा गाडी चढ्न नदिँदा अपाङ्गता भएका व्यक्तिलाई आवत÷जावतमा कठिनाई भएको छ । अपाङको लागि छुट्टै सिटको व्यवस्था गरिएको हुन्छ तर व्यवहारमा कार्यान्वयनमा ल्याउन नसक्दा अपाङ्गता भएका व्यक्तिहरु गाडी चढ्न घटौं कुर्न वाध्य हुनु परेको छ ।
पृथ्वीराजमार्गमा पर्ने बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङमा कृष्णबहादुर थापालाइ गाडी चढ्नको लागि कम्तिमा पनि एक घण्टा कुर्नुपर्छ । गाडी नपाएर उहाँले यसरी कुर्नु परेको हैन । पृथ्वीराजमार्गमा भएकोले लामो तथा छोटो दुरीका सवारी साधनहरु छिन÷छिनमा गुडि रहन्छन् तर बन्दीपुर गाउँपालिका–१ बाँनियाटार निवासी थापालाई मोटर र फराकिलो सडक ‘काललाई बेल पाक्यो हर्ष न विस्माद जस्तो भएको छ । ’ थापाले गाडी चढ्न नपाउनुको प्रमुख कारण हो अपाङ हुनु ।
घर जानको लागि तनहुँको डुम्रे बजारमा गाडी खोज्ने क्रममा कृष्णबहादुर थापा । तस्विर–अमरराज नहर्की
थापाको खुट्टा एउटा छ वैशाखी टेकेर हिड्नु पर्ने बाध्यता छ । वैशाखी टेकेर गाडी कुर्नु पर्छ त्यही वैशाखी देखेर यातयात व्यवसायीले थापालाई गाडी चढाउन मान्दैनन् । मलाई देखे पछि सितिमिति गाडी रोक्न मान्दैनन् कम्तिमा पनि एक घण्टा गाडी कुर्नमा समय खर्च हुन्छ ’ थापाले गोरखापत्रलाई भन्नु भयो । ‘मूख्य बजारमा गाडी रोकि राखेका हुन्छन् त्यसमा गएर चढ्न खोज्यो भने धेरै जसोले लान गा¥हो मान्छन् । कतिपयले तेरो बाउको सम्पत्ति हो र भनेर धम्की र धाक दिन्छन्’ थापाले भन्नु भयो । थापा मात्रै हैन जिल्लाका अन्य अपाङहरु यस्तै समस्या भोग्न बाध्य छन् । बन्दीपुर अपाङ्गता सरोकार समितिका अध्यक्ष समेत रहनु भएका थापा अन्त्यत न्युन सङ्ख्याका यातायात व्यवसायी मात्रै ज्ञानी रहेको बताउनु हुन्छ । थापाका अनुसार २०६४ मा गरिएको तथ्याङ्क अनुसार तनहुँमा हाल ६ हजार ४ सय अपाङ छन् । समयमा गाडी चढ्न नपाए पछि हाल थापाले अङ्गले चलाउन मिल्ने किसिमको स्कुटर किन्नु भएको छ । अपाङलाई भन्सार छुटको व्यवस्था भएकोले खरीद गर्न सजिलो परेको उहाँले जानकारी दिनु भयो ।
अपाङलाई गाडीमा नचढाउनेलाई जरीवाना गर्ने व्यवस्था गरी कडाईका साथ लागु गर्ने हो भने गाडी चढ्न सहज हुने थापाको भनाई छ । साथै थापा गाउँपालिका तथा नगरपालिका आपैmले नगर वसको व्यवस्था गर्ने हो भने पनि अपाङलाई आवत÷जावतको लागि सजिलो हुने बताउनु हुन्छ । तनहुँका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा यातायात व्यवसायीहरुसँग छलफल गरि यो समस्या समाधानको लागि पहल गर्ने बताउनु भयो ।