NEWS
सांसद खानद्धारा अभिभावकत्व ग्रहण
अमरराज नहर्की
तनहुँ , वैशाख १७ गते । प्रतिनिधि सभा सदस्य कलिला खानले तनहुँका दुइ जना बालबालिकाको अभिभावकत्व ग्रहण गरी आइतबार विद्यालय भर्ना गर्नु भएको छ ।
सांसद खानले आइतबार दमौली स्थित सत्यवती माध्यमिक विद्यालयमा स्थानीय आसिया खानलाई कक्षा ६ मा र मोसिङ्ग खानलाई कक्षा ८ मा भर्ना गरी अभिभावकत्व ग्रहण गर्नु भएको छ । ती बालबालिकाहरुलाई विद्यालय भर्ना गराउँदै सांसद खानलले सबै बालबालिकालाई शिक्षाको सहज पहुचमा पु¥याउन सबैले साथ दिनु पर्ने र आ–आफ्नो ठाउँबाट हातोमालो गरी शिक्षित समाज निर्माणको अभियानमा लाग्नु जरुरी रहेको बताउनु भयो ।
सांसद कलिका खान दुई बालबालिकाको दमौली स्थित सत्यवती माविमा भर्ना गराउने क्रममा ।सांसद खानले बालबालिकालाई शैक्षिक तथा लत्ता कपडा सहयोग गर्नु भएको छ । भविश्यमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यत्त गर्नु भएको छ । “एक बच्चाको भर्ना मेरा सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायीत्व’’ भन्ने नारालाई आत्मासात गर्दै ति बालबालिकाको आमा बनेको सांसद खानले बताउनु भयो ।
यसअघि तनहुँ निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधी सभाका सदस्य कृष्णकुमार श्रेष्ठ किसानले व्यास नगरपालिका १२ लामीडाँडका ६ वर्षीय बादल भुजेललाई मत्स्यकन्या आधारभुत बिद्यालयमा भर्ना गराई अभिभावकत्व ग्रहण गर्नुभएको थियो ।
यस्तै राष्ट्रियसभा सदस्य प्रकाश पन्तले व्यास– १ की बिस्मीता दरैलाई निर्मल मावि कक्षा १ मा भर्ना गराएर अभिभावक बन्नु भएको थियो । प्रतिनिधी सभाका सदस्य केदार सिग्देलले भिमाद नगरपालिका– १ छिम्पुङ्गकी ९ बर्षिय बालिका सरस्वती थापालाई बिद्यालय भर्ना गराउनु भएको छ । बालिका थापालाई सांसद सिग्देलले सोही वडाको हुक्काँमा रहेको पृथ्वी माध्यामिक विद्यालयमा हालै कक्षा ४ मा भर्ना गर्नु थियो ।
त्यस्तै, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी) का सदस्य सचिव पुष्परमण वाग्लेले पनि आइतबार व्यास–१ दमौली स्थित निर्मल माध्यमिक विद्यालयमा स्थानीय सबिना नेपालीको अभिभावत्व ग्रहण गरी कक्षा १ मा भर्ना गराउनु भएको छ । आर्थिक स्थितिबाट विपन्न, विद्यालयको पहुँच भन्दा बाहिर रहेका तथा अभिभावक बिहिन बालबालिकको अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना गराउने कार्य तनहुँमा सञ्चालन भइरहेको छ ।
आफ्नो सामाजिक दायित्व अन्तरगत विपन्न, गरिव, सिमान्तकृत, लोपोन्मुख लगायत शिक्षाको अवसरबाट बञ्चित विद्यालय उमेर समुहका बालबालिकालाई अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराउन सांसद, स्थानीय जनप्रतिनिधि तथा सरोकरवाला व्याक्तिहरु सक्रिय भई लागि परेका छन ।
फोटो सामेल छ–सांसद कलिका खान दुई बालबालिकाको दमौली स्थित सत्यवती माविमा भर्ना गराउने क्रममा ।
तस्विर–अमरराज नहर्की तनहुँ
