साईनिङ स्टारमा २० जना छनौट
Tanahun Khabar DailyENTERTAINMENT
तनहुँ समाचारदाता
दमौली, वैशाख १७ गते । जेसीआई व्यासनगर दमौलीले बालबालिकाहरुको अन्तरनिहित प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले सञ्चालन गरेको व्यासनगर साइनिङ्ग स्टार २०१८ सिजन ६ को अडिसन राउण्ड सम्पन्न गरेको छ ।
सिजन ६ को अडिसन राउण्डबाट २० जना बालबालिका छनौट भएका अध्यक्ष पविन्द्र भट्टराइले गोरखापत्रलाई जनाकारी दिनु भयो । प्रतियोगितामा १६ वर्ष मूनिका बालबालिका मात्रै भाग लिन पाउने आयोजकले जनाएको छ ।