दक्षिण एसियाकै नौलो/पृथक गुफा ओझेलमा

Tanahun Khabar Daily

NEWS

अशोक विश्वकर्मा,
बैशाख, १८दुलेगौडा
राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त कृष्ण हरि वास्कोटाले तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको मिलेनियम गुफाको प्रभावकारी प्रचार गर्न आवश्यक रहेको बताएका छन् । नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई अभिमुखीकरण दिन वडा न १२ को लामागाउँ पुगेका उनले गुफा देशकै नौलो प्रकारको भएको दावि गरेको छन् । उनले यस प्रकारको गुफा राज्यको कुनै पनी स्थानमा नभएको दावी गर्दै सरकारले यसको विकास र प्रचारमा ध्यान पु¥याउन जरुरी रहेको बताएका हुन् ।

गुफा अवलोकनका लागी पुगेका राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त कृष्ण हरी बास्कोटा सँग सामुहिक फोटो खिचाउदै शुक्लागण्डकी नपाका कार्यपालिका सदस्यहरु

पृथ्वीराज मार्ग अन्तर्गत दुलेगौडाबाट करिव १५ किलोमिटरको दुरीमा पुग्न सकिने यो गुफा सन् २००० मा पत्ता लागेको थियो । पहाडको फेदीमा रहेको कुनै मन्दिरको ढोका जस्तो देखीने प्वालबाट भित्र जादाँ गुफामा चिसो हावा र अलौकिक झरनाले पर्यटकको ध्यान केन्द्रित गर्ने गर्दछ । गुफा भित्रनै खान योग्य पानीको झरना पहाडको माथिल्लो भागबाट झर्ने र गुफा भित्र ढुगाँबाट बनेको विभिन्न आकृतीका मुर्तीहरु देख्न सकिन्छ ।
साविक फिरफिरे गाविसमाले यसको प्रचार प्रसार र विकासको लागी पहल गरेता पनि गुफाको प्रचार प्रभावकारी हुन नसक्दा ओझेलमा परेको यहाँका स्थानियहरुले बताउने गरेको छन् । आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तब्य बन्न सक्ने फिरफिरेको विकासको लागी वडा कार्यालयले योजना बनाउने क्रममा रहेको वडाध्यक्ष मनराज गुरुङ्ग बताउछन् । गुरुङ्गले गुफाको प्रचार र विकासको लागी योजना बन्ने क्रममा रहेको जानकारी दिदै गाउँमा भित्रने पर्यटकहरुलाई आकर्षण गर्न घरबास कार्यक्रम(होमस्टे)को प्रारम्भिक चरणमा रहेको बताए । गुरुङ्गले भने—“अव यस क्षेत्रलाई कृषि उत्पादनमा आत्मानिर्भर बनाएर होमस्टेलाई प्रभावकारी बनाउनेछौ, पर्यटकहरुलाई लामागाउँ—घडेरी बसाईले पृथकता दिने कोशिस रहने छ । ” उनले थपे- “यहाँ पर्यटकहरुका साथै परम्परागत संस्कृतीमा रम्न चाहानेहरुको लागी समेत हाम्रो सस्कृती मुल्यवान रहेको छ , यहाँ गुुरुङ्ग समुदायको लोपन्ुमख घाटुँ नाच र झोरामा रम्म सकिन्छ भने बास्तविक सालैजो यहाँ मात्र सुन्न सकिन्छ ।”

मिलेनियम गुफा अवलोकन गर्दै पर्यटक

गुफा अवलोकनको लागी पुगेको शुक्लागण्डकी नगरपालिकाका अधिकाँश कार्यपालिका सदस्यहरुले फिरेफिरेको यस क्षेत्रलाई पर्यटकिय रुपमा विकास गर्नका लागी आफुहरु सहमत रहेको बताए । नगरपालिकाका प्रबक्ता समेत रहेको कार्यपालिका सदस्य खिम बहादुर कुमालले फिरफिरे क्षेत्रलाई पर्यटकिय रुपमा विकास गर्न सके नगरपालिकाले विकासमा फड्को मार्ने बताए ।
यहाँका स्थानियहरुका अनुसार करिब १ सय वर्ष भन्दा अघि बाख्रा गुफामा पसेर हराए पश्चात खोज्ने क्रममा उक्त गुफा पत्ता लागेको थियो । दक्षिण एसियाकै फरक र नौलो भएको दावि गरिदै आएको गुफाको द्धार(प्वाल)बाट बाख्राको आवाज सुनेर झिक्ने क्रममा पत्ता लागेको गुफाको महत्व नबुझ्दा ओझेलमा परेको थियो । लगत्तै सन २०००मा विदेशी भुगर्भविद् सहितको टोलीले गुफा पत्ता लगाई प्रचारमा ल्याए पश्चात पर्यटकहरुको बाक्लो उपस्थिती हुने भएता पनि निरन्तर चल्न नसकेको स्थानियहरु बताउछन् । पर्यटकहरुलाई बस्न र खानाको असुविधाका साथै तत्कालिन माओबादी द्धन्द्धका कारण पर्यटक घट्न थालेको मिलेनियम होमस्टे ब्यवस्थापन समितीका अध्यक्ष होम बहादुर गुरुङ्गले बताए । उनले अहिले गुफाको महत्व प्रचार प्रसार हुन नसकि घटेको हुदाँ दुख लाग्ने गरेको गुनासो गरे ।