LOCAL

झरौटामा बन्ने शिव मन्दिरको शिलान्यास

वैशाख १५
शुक्लागण्डकी नगरपालिका स्थित शिव नगर झरौटामा शिव मन्दिर बन्ने भएका छ । सानो आकारमा रहेको मन्दिरलाई पुननिर्माण गरि ठुलो आकारका साथै दिर्घकालिन रुपमा टिक्ने मन्दिर निर्माणको लागी शुक्रबार मन्दिरको शिलान्यास गरियो ।
मन्दिरको अनन्त विभुषित सनातन हिन्दु धर्म शिरोमणी स्वामी रामबाबा महाराजले शिलान्यास गरेका हुन् । मन्दिरको शिलान्यास गर्नै उनले मन्दिर निर्माण हुनेमा ढुक्क रहन यहाँका समुदायलाई आग्रह गरे । स्वामी रामबाबाले सहयोग जुटाउनको लागी आफु सक्रिय भूमिका खेल्ने बताउदै मन्दिर निर्माणको लागी आफुले समेत आर्थिक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
मन्दिरको शिलान्यास कार्यक्रममा पुगेकी शुक्लागण्डकी नगरपालिकाकी उप प्रमुख सविता रसाइलीले धार्मिक क्षेत्रमा संरक्षरण र ब्यवस्थामा नगरपालिकाले ध्यान पु¥याएको बताइन् । उनले मन्दिर निर्माणको लागी नगरपालिका मार्फत आर्थिक सहयोग उपलब्ध गराउनको लागी पहल गर्ने विस्वास ब्यक्त गरिन् ।
शुक्लागण्डकी नगरपालिका ५ मा रहेको उक्त मन्दिर क्षेत्र पछिल्लो समयमा हिन्दुधर्मावलम्वीहरुको आश्थाको केन्द्र बन्न थालेको छ । विभिन्न तिज, शिवरात्री, ऋषिपञ्चमी लगायतका पर्वहरुमा विशेष भिड हुने यस मन्दिरमा दर्शनार्थीहरुको लागी साँघुरो बन्दै गएको गुनासो बढ्न थाले पश्चात मन्दिर निर्माणको पहल थालिएका हो ।
शिव पञ्चायन मन्दिर ब्यवस्थापन तथा संरक्षण समितीका सचिव धर्मराज पौडेलले करिव ५० लाख लागतमा मन्दिर निर्माण हुने जानकारी दिए । पौडेलले करिव एक सताब्दी सम्म मर्मत गर्न नपर्ने गरि शिव मन्दिर निर्माण गर्न लागीको जानकारी दिए ।
उक्त मन्दिर निर्माण गर्नको लागी संरक्षण समितीले गत वर्षको श्रावणमा श्रीमद् भागवत शिव पुराण महायज्ञ सञ्चालन गरि आर्थिक संकलन समेत गरेको थियो । उक्त महायज्ञ मार्फत समितीले करिव १८ लाख रुपैया आर्थिक संकलन गरेको जनाएको छ ।

Facebook Comments
Show More
Loading...
Close