ग्याँस ट्याङ्कर दुर्घटना , बस्तीका वासिन्दा त्रसित
Tanahun Khabar DailyNEWS
तनहुँ , वैशाख १२ गते । पृथ्वी राजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका १२ , पालिङ, कमलबारीमा बुधबार बिहान एलपी ग्यासको बुलेट दुर्घटना भएको छ । ग्याँस अति प्रज्ज्वलशिल पद्धार्थ भएको हुँदा विष्फोट हुने डरले स्थानीय वासिन्दा त्रसित भएका छन् ।
भारतबाट पोखरातर्फ आउँदै गरेको एमएलओ १एए०१०१ नम्बरको एलपी ग्यास बुलेट दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पल्टिएको बुलेटमा आगलागी हुनसक्ने भनेर जिल्ला प्रशासन कार्यालय तनहुँले उच्च सतर्कता अपनाएको छ ।
प्रहरी परिचालन गरेर सलाई , लाईटर , नबाल्न , वरपरको घरमा आगो नपूmक्न अनुरोध गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनु भयो । ग्यास बुलेट पल्टिएर भिरको रुखमा अड्किएको ग्यास सार्न नसकिएको र हाल गन्ध आउन छाडेकाले ग्यास उडेर सकिएको हुन सक्ने प्रजिअ शर्माले बताउनु भयो ।
ग्यास प्रज्ज्वलनशील प्रद्धार्थ भएकोले ग्यास बुलेट विष्फोट हुने डरले स्थानीय वासिन्दा त्रसित भएको व्यास नगरपालिका–१२ कमलबारी निवासी सुवास कैनीले जानकारी दिनु भयो ।
२ किलो मिटर पर सम्म ग्यासको गन्ध आएको र आगोलागि हुने डरले खाना पनि नपाएको कैनी बताउनु हुन्छ । प्रहरी पग्यास बुलेट अनियन्त्रित भई सडकबाट करिव ५० मिटर खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
ग्यास बुलेट चालक भारत घर भएका २२ वर्षीय छोटुलाल रुमार र सहचालक २१ वर्षीय नितेश कुमार घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनु भयो ।
मल्लका अनुसार घाइते दुवैको दमौली स्थित रत्नहरी अस्पतालमा उपचार भइरहेको छ । उक्त बुलेट दुर्घटना पछि १८ टन ग्यास उडेको प्रहरीको अनुमान छ । ग्यास बिष्फोट भए ५ किलो मिटर वरपर सम्म आगोको खतरा हुन सक्ने हुँदा उच्च सर्तकता अपनाईएको प्रहरीले जनाएको छ ।