३९ लाख लागतमा वडा कार्यालय बन्ने

Tanahun Khabar Daily

NEWS

चैत्र २५, दुलेगौडा
शुक्लागण्डकी ४ को वडा कार्यालयको भवन बन्ने भएको छ । स्थानिय तहमा जनप्रतिनिधिहरुको आगमन भए सँगै नगरपालिकाको साँधुरो कोठाबाट जनताको काम हुदै आएको ४ न वडाको अव आफ्नै भवन बन्न लागेको हो ।
आइतबार शुक्लागण्डकी नगर परिसर भित्र नै बन्ने सभाहल सहितको ३ कोठे भवनको नगर प्रमुख किसान गुरुङ्गले शिलान्यास गरेका छन् ।
करिव ३९ लाख लागतमा बन्ने भवन बन्न चार महिना समय लाग्ने वडाध्य शिव कुमार श्रेष्ठले जानकारी दिए । वडाध्यक्ष श्रेष्ठले आफ्नै वडाको कार्यालय नहुदाँ धेरै समस्या भोग्नु परेको गुनासो गरे । उनले भने —“नगरपालिकाको खाली कोठामा सरि रहनु पर्ने बाध्यताको अन्त्य हुदैछ, सानो साँघुरो कोठाबाट जनतालाई सेवा दिन गाह्रो हुने । धेरै संख्यामा सेवाग्राही आउदाँ बरण्डा र खुल्ला चौरमा बसेर समेत सेवा गरेको छु ।”
वडाको कार्यालय भवन निर्माणको लागी खैरेनीटार स्थित अकला कन्ट्रक्सनले ठेक्का प्राप्त गरेको छ । कार्यालयमा वडाध्यक्ष सहित २ कर्मचारी कार्यारत रहेको छन् ।
यस अगाडी वडा कार्यालयले आयोजना गर्ने विभिन्न कार्यक्रमहरु आफ्नै सभाहल नहुदाँ नगरपालिकाको हलमा आयोजना हुदै आएका थियो ।