NEWS
४ न प्रदेशलाई तमुवान नामाकरण गर्न गुरुङ्ग समुदायको माग

विन्दु वाग्ले, दुलेगौडा
चैत्र २४
दुलेगौडाका गुरुङ्ग समुदायले प्रदेश न ४ को नाम तमुवान प्रदेश नामाकरण गर्नु पर्ने बताएका छन् । शनिबार प्रतिनिधि र प्रदेश सभमामा निर्वाचित भएका साँसदहरुलाई सम्मान गर्नको लागी आयोजना गरिएको कार्यक्रममा यहाँका गुरुङ्ग समुदायले प्रदेश न ४ मा गुरुङ्ग जनसँख्या अधिक भएको दावि गर्दै तमुवान प्रदेश नामाकरण गर्नु पर्नेमा जोड दिएका हुन् । कार्यक्रममा सरकारले गुरुङ्ग समुदायको मुख्य पर्व ल्होसारमा दिइदै आएको सार्वजनिक विदा कटौती भएको प्रति दुखेसो ब्यक्त गर्दै सरकारले तत्काल निर्णय सच्चाउनु पर्ने गुरुङ्ग समुदायहरुको माग रहेको छ ।
कार्यक्रममा प्रतिनिधि सभाका साँसद केदार सिग्देलले कुनै पनि जातीलाई विशेष प्राथमिकता दिएर प्रदेशको नामाकरण हुन नसक्ने भन्दै सवै जाति, धर्म र वर्णको समान रुपमा सम्मान हुनु पर्नेमा जोड दिए । उनले गुरुङ्ग समुदायको चाडवर्पमा हुने विदा कटौती सरकारको अग्रगामी कदम भएको दावी गर्दै सवैले कदर गर्नु पर्ने बताए । सिग्देलले सवै जाती र धर्मलाई समान बनाउनको लागी जाति विशेषको पर्वमा हुने विदा कटौती भएको जनाए ।
यस्तै प्रदेश साँसद आशा कोइरालाले आफुहरुले देशको युवा जनशक्तिहरुलाई देशमा नै रोजगार बनाउनको लागी आवश्यक निति नियम बनाउने कार्य भै रहेको बताइन् । कोइरालाले आवश्यक ऐन निर्माण लगतै विकास निर्माणका कार्यहरुलाई तिव्रता दिने जानकारी दिदै जनप्रतिनिधिहरुलाई जनताको समस्यामा प्रति जानकार बनाउनको लागी भूमिका खेल्न आग्रह गरिन् । साथै उनले जातिय संघसंगठनहरुले अव आफ्ना पहिचानलाई शसक्त बनाउनु पर्ने आवश्यकता रहेको बताउदै सामान्य कुराहरुमा अल्झिन नहुने बताइन् ।
साँसद सँग अन्तरक्रिया समेत गर्ने उदेश्यले तमु ह्युल छोँज धी गुरुङ्ग राष्ट्रिय परिषद्ले आयोजना गरेको उक्त कार्यक्रममा प्रदेश सभाका साँसद दोबाटे वि.क.ले गुरुङ्ग समुदायको ल्होसारमा दिइने विदा कटौती सरकारको गलत निर्णय भएको आरोप लगाए । उनले हरेक जाती विशेषको सस्कृतीलाई राष्ट्रिय पर्वहरुले संरक्षण गर्न महत्वपूर्ण योगदान दिने भएकाले पनि ल्होसारमा गुरुङ्गहरुले पाउदै आएको विदा यथावत हुनु पर्नेमा जोड दिए । फरक प्रसंग मा विकले जिल्लाको प्राकृतिक सम्पदाहरुको सदुपयोग गर्दै आर्थिक समृद्धी गर्नु पर्ने समय आएको बताए ।
प्रदेश साँसद सरिता गुरुङ्गले नेपालको विभिन्न साँस्कृतीहरुमा मध्ये गुरुङ्ग सस्कृती अब्बल रहेको दावि गर्दै आफुहरुको सस्कृतीमा सरकारले गौरव महशुष गर्नु पर्ने बताइन् । गुरुङ्गले देशका महिलाहरुलाई नेतृत्व तहमा राज्यले समान अवसर प्रदान नगरेको आरोप लगाउदै अव नेतृत्वमा महिलाहरुको उल्लेख्य सहभागीता हुने गरि आबश्यक निती तर्जुमा हुनु पर्ने बताइन् । उनले महिलाहरुलाई नेतृत्वमा तहमा लैजानको लागी आत्मानिर्भर बनाएर अघि बढ्न प्रेरित गर्नु पर्ने जोड दिइन् ।
कार्यक्रममा सम्मान ग्रहण गर्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ्गले जाती विशेषमा रहेको सस्कृती संरक्षण गर्नको लागी सम्वन्धित समुदायलाई आग्रह गर्दै नगरले उनीहरुलाई सहयोग गर्ने बताए ।
यता जनप्रतिनिधिहरुलाई प्रदेशमा नै बहुमत रहेको गुरुङ्ग समुदायको सम्मान जनक रुपमा माग सम्बोधन हुनु पर्ने बताएका छन् । परिषदकी केन्द्रिय सदस्य रसामाया तमुस्यो, पूर्व केन्द्रीय सदस्य शिलाहरी तमुस्यो, परिषद्का पूर्व केन्द्रिय अध्यक्ष रक बहादुर गुरुङ्ग, पूर्व केन्द्रीय सदस्य धन बहादुर गुरुङ्ग लगायतले सरकारले आफुहरुको राष्ट्रिय पर्व ल्होसारमा दिइने विदा कटौती सच्याउन पर्नेमा जोड दिदै अन्यथा भए आफुहरु संगठित रुपमा नै सरकार विरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
परिषद्ले दुलेगौैडामा आयोजना गरेको कार्यक्रममा यहाँका गुरुङ्ग समुदायले आफुहरुको सस्कृती झल्कने विभिन्न सास्कृतीक प्रस्तुतीहरु प्रस्तुत गरेको थिए ।
