ENTERTAINMENT

भेडी खर्के साइलाको सम्झना दिलाए शंकरले खैरेनीटार महोत्सवमा (भिडियो सहित)

लोपन्मुख अवस्थामा पुगेको ठाडोभाकाको संरक्षरणको लागी तनहुँका लोक गायक शंकर परियार र राधा भण्डारी लागी परेको छन् । लमजुङ्गमा प्रचलित ठाडो भाका सर्जक गायक स्व.दिर्घ बहादुर अधिकारी भेडी खर्के साइलाको निधन पश्चात धरासायी भन्दै गएको थियो । स्व. अधिकारी जिवित रहदाँ सम्म विभिन्न स्थानमा आयोजना हुने मेला र महोत्सवमा सुन्न र प्रत्यक्ष हेर्न पाउने ठाडोभाका केही समय ओझेलमा परेता पनि पुन तनहुँको खैरेनीटार महोत्सवमा दर्शकले सुन्न र हेर्न पाए ।
लमजुङ्गकी राधा भण्डारी सँगै गायक परियारले ठाडोभाकालाई पुन जिवित बनाउने अभियानमा आफुहरु लागेको बताउने गरेको छन् । ठाडोभाकाका शिरोमणी स्व. अधिकारी आफ्नो मृत्यु पर्यान्त ठाडोभाका ओझेलमा पर्नेमा चिन्तित रहेको जानकारहरु बताउने गर्दछन् ।
हेरौ भिडियो ः

Facebook Comments
Show More
Loading...
Close