NEWS

दुलेगौडामा स्कुटरले ठक्कर दिदाँ परियार गम्भिर घाइते

विन्दु वाग्ले
चैत्र २२, दुलेगौडा

दुलेगौडामा बुधबार स्कुटरले पैदल यात्रीलाई ठक्कर दिदाँ म्याग्दे गाउँपालिका ४ निवासी वर्ष ३५ की छलिमाया परियार गम्भिर घाइते भएकी छन् ।
मध्यान्ह १२ः३० बजे दुलेगौडाको कवासे चोकमा पोखराबाट दमौली तर्फ आउदै गरेको बा ६१ प ५१५६ नम्वरको स्कुटरले परियारलाई ठक्कर दिएको थियो । इलाका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार परियारको टाउकोमा चोट लागेको कारण अवस्था गम्भिर रहेको जनाइएको छ ।
परियारको शुक्लागण्डकी स्थित जिपि कोइराला राष्ट्रिय स्वास प्रस्वास उपचार केन्द्रमा सामान्य उपचार पश्चात मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको प्रहरी प्रमुख राजेन्द्र अधिकारीले जानकारी दिए । स्कुटर चालक काठमाण्डौ निवासी वर्ष २४ का गणेश बस्नेत र स्कुटर प्रहरीको नियन्त्रणमा रहेको छ ।

Facebook Comments
Show More
Loading...
Close