LOCAL

जिपी कोइराला श्वास प्रस्वास उपचार केन्द्रलाई सहकारीद्धारा युरो गार्ड प्रदान


विन्दु वाग्ले
चैत्र २० दुलेगौडा
जिपि कोइरारला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रलाई रोयल सहकारी सस्थाले ६१ औँ सहकारी दिवसको अवसर पारेर युरोगार्ड प्रदान गरेको छ । मंगलबार सहकारीले अस्पतालमा आउने विरामीहरुलाई शुद्ध पानीको पहुँचमा ल्याउनको लागी युरोगार्ड प्रदान गरिएको सहकारी सञ्चालनक समितीका सचिव बसन्त ज्वारचनले जानकारी दिए ।
श्वास प्रस्वास उपचार केन्द्र सञ्चालक समितीका सदस्य नारायण प्रसाद सिग्देललाई अस्पतालको लागी युरो गार्ड प्रदान गर्दै सहकारीका अध्यक्ष कृष्णराज पण्डितले अधिकाँश रोग पानीका कारण लाग्ने भएकाले शुद्ध पानी पिउनु पर्ने बताए । पण्डितले सहकारीलाई समाज विकासको लागी समेत केन्द्रित गर्नको लागी आफुहरुले सहकारी मार्फत सामाजिक कार्यहरुमा समेत सहभागीता जनाउदै आएको जानकारी दिए ।
यता अस्पताल सञ्चालक समितीका सदस्य सिग्देलले अस्पतालमा युरोगार्ड जस्ता स्वास्थ्यलाई प्रत्यक्ष फाइदा पु¥याउने सामाग्री प्रदान गरेको मा सहकारीलाई धन्यवाद दिदै अन्य सहकारीहरुले समेत सामाजिक क्रियाकलापहरुलाई अगाडी बढाउनु पर्ने बताए ।
उक्त कार्यक्रममा सल्लाहकार सदस्य मोती प्रसाद पौडेल, दुर्गा प्रसाद पराजुली लगायतले विरामीहरुको चाप हुने यस अस्पतालमा सहकारीले केही सकरात्मक कार्य गर्नु पर्छ भन्ने लागेर नै यूरोगार्ड प्रदान गरिएको बताए ।

Facebook Comments
Show More
Loading...
Close