NEWS

सामाजिक सन्जाल नेपाली बाजे फेसबुक ग्रुपको रक्तदान कार्यक्रम

बिन्दु वाग्ले, दुलेगौँडा
सामाजिक सन्जालमा सकृय नेपाली बाजे नामक फेसबुक ग्रुपले विहिबार पोखराको सृजना चोकमा रेडक्रस जिल्ला शाखा पोखराको समन्वयमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
रक्तदान ,जिवनदानू भन्ने मुल नाराको साथमा उल्लेखनीय ग्रुप सदस्यहरु साथै ४० भन्दा बढी रक्तदाताहरुले आफ्नो रगत दान गरेका हुन् ।

कार्यक्रममा सामाजिक संजाललाई सहि सदुपयोग गर्न सकिए,युवाको जमात मिलेर देशमा आई पर्ने जस्तो सुकै समस्यामा पनि पहल गर्न सकिने र यस्ता सामाजिक कार्यहरु बाट युवाहरुलाई भविस्यमा काम गर्ने प्रेरणा मिल्ने, कार्यक्रमका प्रमुख अतिथी बिन्दु वाग्ले ले बताईन
देशमा बढ्दै गएको रगतको अभाव लाई मध्यनजर गर्दै यस कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका अध्यक्ष तिमल्सिनाले बताए।
नेपाली बाजे ग्रुपले यस अघि विभिन्न आश्रम,संघसंस्थाहरुमा सहयोग लगाएत दर्जनौं सामाजिक सचेतना मुलक कार्यक्रमहरु आयोजना गरिएको ग्रुपका एड्मिन राजन सिग्देल ले जानकारी दिए।
कार्यक्रममा ग्रुपका संयोजक आशिष तिमल्सिना, सह संयोजक बिन्दु वाग्ले, ग्रुप एडमिन राजन सिग्देल नेपालि बाजे पोखरा टिमका अन्य सक्रिय सदस्यहरु, नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखरा टेक्निसियन धुर्बमणि लामिछाने लगायत अन्य साथिहरुको उल्लेख्य भुमिका रहेको थियो।
ग्रुपका संयोजक तिमल्सिनाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रमका संचालक मुना मदन ले गरेका थिए ।

Facebook Comments
Show More
Loading...
Close