दशौ खैरेनीटार महोत्सव सुरु
Tanahun Khabar DailyNEWS
अशोक विश्वकर्मा,
चैत्र ८, खैरेनीटार
दशौ संस्करणको खैरेनीटार महोत्सव विहिबारबाट भब्यताको साथमा सुरु भएको छ । “आर्थिक, सामाजिक, खेलकुदको विकास कृषि तथा पर्यटनको प्रबद्र्धन खैरेनीटार महोत्सव कला, सिप र सस्कृतीको संरक्षण” भन्ने नारा सहित सुरु भएको महोत्सवको नेपाली सेनाका प्रधान सेना पति राजेन्द्र क्षेत्रीले उद्घाटन गरेको हुन् ।
महोत्सव उद्घाटनको लागी खैरेनीटार आएका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले खैरेनीटार महोत्सव देशकै उत्कृष्ट महोत्सव भएको बताए । उनले महोत्सव समग्र जिल्लाको विकासका लागी महत्वपूर्ण रहेको बताउदै यस क्षेत्र खेलकुद, पर्यटन, कृषि र सास्कृतीक पक्षले सम्भावनायुक्त रहेकाले पनि महोत्सव सम्भावित पक्षको विकास गर्नका लागी सुनौलो अवसर सावित भएको बताए ।
क्षत्रीले खैरेनीटारसँग आफ्नो विशेष सम्वन्ध रहेको बताउदै यस क्षेत्रको विकास र समृद्धीको लागी नेपाली सेनालाई समुदाय सँग साझेदारी गरेर अघि बढ्न निर्देशन दिने उद्घोष गरे । उनले यस क्षेत्रका विकासको लागी विभिन्न विकास निर्माणको काम समेत गरेको जानकारी दिदै सेनाले यस क्षेत्रमा भित्राएको विकास निर्माणको कार्यलाई सकरात्मक रुपमा लिन आग्रह गरे ।
यस क्षेत्रमा रहेका विभिन्न जात जातिहरुको मौलिक कला सस्कृतीको प्रदर्शनी सँगै ¥याली सहित हजारौको सँख्यामा पुगेका स्थानियहरुको सहभागीताले महोत्सवको भब्यताको साथमा सुरुवात भएको छ । विहिबार यस क्षेत्रका तामाङ्ग, गुरुङ्ग, मगर, नेवार लगायतका विभिन्न जातजातीहरुको ¥यालीमा प्रदर्शन गरिएको सास्कृतीक विबिधताले महोत्सवमा विशेष रौनक देखीएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती तनहुँका सभापति शान्ती रमण वाग्ले, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ्ग, नागरिक समाजका अध्यक्ष खेमराज खनाल, नेकपा एमालेको कार्यवाहक जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, नेकपा माओबादीका राजेन्द्र केशरी न्यौपाने लगायतका बक्ताहरुले यस क्षेत्रको स्थानिय उत्पादन र प्रतिभाहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउने गरी महोत्सवलाई केन्द्रित गर्नु पर्नेमा जोड दिएका थिए । नेपाल उद्योग बाणिज्य संघ प्रदेश न ४ का उपाध्यक्ष कृष्णराज पण्डित, तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ लगायतका बक्ताहरुले भने महोत्सवले उद्योग ब्यापारीहरुलाई एकत्रित गरेको दावि गर्दै बजार क्षेत्रको विकासका लागी महोत्सव सफल हुने विस्वास ब्यक्त गरे ।
चैत्र १९ गते सम्म सञ्चालन हुने महोत्सवले यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागी पद यात्रा, पर्यटकिय सम्भावना युक्त क्षेत्रको विकासको लागी आन्तरिक तथा बाह्य पर्यटहरुलाई अवलोकनको ब्यवस्था, खेलकुद तर्फ भलिबल, ब्याडमिन्टन लगायतका प्रतियोगितात्मक कार्यक्रम सञ्चालन, कृषि प्रदर्शनी तथा विक्री, लगायतलाई महोत्सवले विशेष प्राथमिकता दिएको छ ।
विहीबार नै चर्चित कलाकारहरु घनश्याम रिजाल, चोलेन्द्र पौडेल, चन्द्रा कार्की लगायतका कलाकाहरुले आफ्ना उत्कृष्ट गित सँगितहरु प्रस्तुत गरे । लोक गायक रिजालले घर सुन्य भो, बाख्रा पालम्ला लगायतका सामाजिक यथार्थता झल्कने गित प्रस्तुत गर्दा महोत्सवमा उपस्थित दर्शकहरुको आखाँ रसाएको थियो भने कार्की र पौडेलले दर्शकहरुलाई नचाउँन सफल भए ।
महोत्सव मु्ल संयोजक पूर्ण बहादुर कायस्थको सभापतित्वमा भएको कार्यक्रमामा स्वागत आर्थिक संयोजक समुन्द्रराम श्रेष्ठले गरेको थिए भने कार्यक्रमको सञ्चालन सचिव गंगाराम श्रेष्ठ र बसन्ता श्रेष्ठले सञ्चालन गरेको थिए ।
आज चर्चित लोक गायक विष्णु खत्रि, कला लम्साल, चन्द्र शर्मा, काजल गुरुङ्ग, शंकर पन्त लगायतका कलाकारहरु आउने कलाकार ब्यवस्थान संयोजक बुद्धि कुमार श्रेष्ठ सुवासले जानकारी दिए ।
तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार ईकाई समितीको आयोजनामा सुरु भएको महोत्सवले करिव २ लाख दर्शक भित्राएर ४ करोड ७५ लाख बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य लिएकोका प्रबक्ता हरिबहादुर थापाले बताए ।