NEWS
ऋषिङ्ग ४ गुम्लेकका अनाथ विद्यार्थीहरुहरुलाई सहयोग
अशोक विश्वकर्मा, फागुन २१ दुलेगौडा
आर्थिक रुपमा विपन्न बालबालिकाहरुको सहयोगार्थ विहानी साँगितक समुह दुलेगौडा र विश्वकर्मा ज्वेलर्सले सयुक्त रुपमा आयोजना गरेको सास्कृती कार्यक्रम र घरदैलो कार्यक्रम मार्फत संकलित सामाग्री सोमबार वितरण गरिएको छ ।
उनीहरुले सँकलन गरेको आर्थिक तथा लत्ता कपडाहरु गरी करिव ६५ हजार बराबरको विद्यालय सामाग्री र पोसाक क्रषिङ्ग गाउँपालिका ४ गुम्लेकमा रहेको सहविर आधारभूत विद्यालयका विपन्न विद्यार्थीहरुलाई प्रदान गरिएको हो ।
आमा, बुवा गुमाएका तथा साहारा विहिन बनी विद्यालय र समुदायको सहयोगमा सञ्चालनमा रहेको छात्रावासमा बसेका करिव ३५ जना विद्यार्थीहरुको लागी उक्त सामाग्री प्रदान गरिएको विहानी साँगितीक समुह(एओडी डान्स सेन्टर)का ब्यवस्थापक सुनिल शाहले बताए । उनले आफुले विपन्न बालबालिकाहरुको सहयोगको लागी नै गत १२ गते साँस्कृती कार्यक्रम तथा घर दैलो कार्यक्रम आयोजना गरेको जानकारी दिए । उनले आफुहरुको सहयोगलाई सहि सदुपयोग गरे थप सहयोगका कार्यक्रमहरु उक्त विद्यालयमा लैजान सक्ने बताए ।

यता आयोजक संस्था विश्वकर्मा ज्वेलर्सका सञ्चालक निशान्त विश्वकर्माले आफुहरुको सहयोग सामाग्री सही स्थानमा वितरण गर्न पाउँदा खुशी ब्यक्त गरे । उनले आर्थिक रुपमा विपन्न तथा साहारा विहिन विद्यार्थीहरुको लागी सहयोग गर्न पाउदाँ आफुहरुको उदेश्य पुरा भएको बताउदै यहाँका विद्यार्थीहरुका लागी थप राहतका कार्यक्रमहरु सञ्चालन गरि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
यता सहविर आधारभूत विद्यालय गुम्लेकका प्रधानाध्यापक जित बहादुर चन्दले शिक्षाको पहुँचबाट कुनै पनि बालबालिका टाढा नहुन भन्ने उदेश्य सहित आबश्यक सुविधा सहित साहारा विहिन विद्यार्थीहरुलाई आफुहरुले विद्यालयमा समावेश गरेको जानकारी दिए । उनले ऋषिङ्ग गाउँपालिका र आसपास क्षेत्रका गरिब, दलित तथा घरबार विहीन र आमा बाबा नभई साहारा विहिन विद्यार्थीहरुलाई अध्यापन गराउदै आएको बताए । उनले यस्ता विद्यार्थीहरुलाई पक्की भवनको अभावका कारण विद्यालयका जिर्ण भवनमा आवसिय सेवा दिनु परेको गुनासो गरे । साथै आवसिय सेवा सहित बसेको विद्यार्थीहरुलाई विभिन्न संघसंस्था, समुदाय र ब्यक्तीहरुले आर्थिक तथा अन्न सहयोग गरेको चन्दले जानकारी दिए ।

सहयोग सामाग्री वितरण कार्यक्रममा पुगेकी जिल्ला समन्वय समिती तनहुँकी सदस्य दिब्यश्वरी विकले विद्यार्थीहरुको भोग्दै आएका समस्या र विद्यालयले प्रदान गर्दै आएको सेवाले आफुलाई भाबुक बनाएको बताइन् । उनले आगामी आर्थिक वर्षमा गाउँपालिका र जिल्लामा यस विद्यालयको लागी बजेट विनियोजन गराउन पहल गर्ने बताइन् ।
गुम्लेकमा रहेको उक्त विद्यालयमा रहेका अभिभावक विहिन विद्यार्थीहरु सुत्ने स्थान र लत्ता कपडाको अभावको कष्टकर जिवन बाँचिरहेका छन् । विद्यार्थीहरुको वार्षिक खाद्यान्नको लागी भने मगर चलचित्रकी नायिका डिम्पल मगरको पहलमा आपूर्ती हुदै आएको विद्यालय स्रोतले जनाएको छ ।
उक्त विद्यालयमा सञ्चारिका समुह तनहुँकी अध्यक्ष सन्तोषी श्रेष्ठले सहयोग सामाग्री पुर्याउन पहल गरेकी थिइन् । आफ्नो आग्रहलाई स्वीकार गरी सहयोग सामाग्री जुटाएकोमा वितरक संस्थाहरुलाई धन्यवाद दिदै श्रेष्ठले सहयोगको सहि सदुपयोग हुने विस्वास ब्यक्त गरिन् ।

वितरण कार्यक्रममा बोल्दै तनहुँ खबर राष्ट्रिय दैनिकका पत्रकार अशोक विश्वकर्मा, शुक्लागण्डकी एफएमका स्टेशन म्यानेजर राजन उपाध्यायले लगायतका पत्रकारहरुले विद्यालय र विद्यार्थीहरुको सकरात्मक सहयोगको लागी सञ्चार माध्याम मार्फत सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।
ज्वेलर्स र एओडी डान्स सेन्टरले उक्त विद्यार्थीहरुको लागी जाडो तथा गर्मीमा लगाउन मिल्ले टोपी, गलबन्दी, टिसर्ट, पाइन्ट, जुत्ता, चप्पल, कापी कलम लगायतका सामाग्री प्रदान गरेको छ ।
