नेपाली बाजे पोखरा टिमको दोस्रो बैठक कार्यक्रम सम्पन्न

Tanahun Khabar Daily

NEWS

बिन्दु वाग्ले, दुलेगौंडा

नेपाली बाजे पोखरा टिमको सृजना चोकमा दोस्रो मासिक बैठक कार्यक्रम सम्पन्न भएको छ।
दिवस सापकोटाको अध्यक्ष्तामा आइतबार भएको कार्यक्रममा पोखरा टिमको तर्फबाट ग्रुप एड्मिनमा राजन सिग्देल, ग्रुप संयोजक आशिष् तिमल्सिना र ग्रुप सह संयोजक बिन्दु वाग्ले लाई अध्यक्ष सापकोटाले नियुक्त गरेका हुन् ।
कार्यक्रममा पोखरा टिमले यहि चैत्र ३ गते बृहत् खुला रक्तदान कार्यक्रम,लगाएत पोखरामा अवस्थित पिछडिएको वृद्दाश्रममा राहत वितरण गरिने बारे निश्कर्ष निकालिएको कार्यक्रमका संयोजक तिमल्सिना ले बताए ।
यस नेपाली बाजे ग्रुपले यस अघि विभिन्न सामाजिक कार्य, सचेतानामुलक कार्यक्रम गर्दै आईरहेको र भविस्यमा अझै थुप्रै कार्य गर्ने चुनौती रहेको ग्रुपका संस्थापक एवं कार्यक्रमका अध्यक्ष दिवसले जानकारी दिए । कार्यक्रममा पोखरा र दमौली आसपास बाट करिब १६ जना सक्रिय ग्रुप सदस्यहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको समापन अध्यक्ष सापकोटाले गरेका थिए ।