मालेबगरका एक घरमा आगलागी हुदाँ ४ लाख भन्दा बढीको क्षती

Tanahun Khabar Daily

LOCAL

फागुन १८, दुलेगौडा
विहीबार राती शुक्लागण्डकी ७ मालेबगरमा केदार पौडेल घरमा आगलागी भएको छ । आगलागीबाट करिव ४ लाख भन्दा धेरैको क्षती भएको छ ।
फ्रिज मार्फत विद्युत सर्ट भएर लागेको आगोले घरमा घरमा रहेको नगद २५ हजार सहित सुन तथा फर्निचरका सामानहरु जलेर नष्ट भएको हो ।
आगालागी भएको करिव आधा घण्टामा नै स्थानिय र इलका प्रहरी कार्यालय बेलचौतारका प्रहरीहरुको सहयोगमा आगो नियन्त्रणमा आएको सोही स्थानका दिल बहादुर विश्वकर्माले जानकारी दिए ।
राती अवेला सम्म परिवारका सदस्यहरु ननिदाएको कारण मानवीय क्षती बाट जोगिएको स्थानियहरुले बताए ।