त्रिवेणीको “त्रिवेणी” विमोचित

Tanahun Khabar Daily

LOCAL


फाल्गुण १५, दुलेगौडा
उदेनढुँगामा सोमबार दिलिप बस्नेत त्रिबेणीद्धारा लिखित कविता संग्रह “त्रिबेणी”को विमोचन गरिएको छ । शुक्लागण्डकी नगरपालिका ३ न वडा कार्यालयको आयोजनामा गरिएको विमोचन कार्यक्रममा शुक्ला साहित्य संगमका संरक्षक शेषमणी गुरुले कविता संग्रह त्रिवेणीको विमोचन गरेको हुन् ।

शुक्लागण्डकी नगरपालिका वडा न ३ उदेनढुँगााको स्थायी बासिन्दा १८ वर्षिया साहित्यकार बस्नेतको कविता संग्रह विमोचन गर्दै गुरुले नेपाली साहित्यको क्षेत्रमा एक आशा लाग्दो प्रतिभाको उदय भएको बताए । उनले तनहुँ साहित्यिक रुपमा उर्वर क्षेत्र भएकाले पनि सरकारले साहित्य क्षेत्रका विकासको लागी ध्यान दिनु पर्ने बताए । साथै उनले नगरभित्र राम्रा प्रतिभाको उदय भएता पनि विकास हुन नसकेको दावि गर्दै नगरपालिकाले साहित्यिक गतिविधीलाई विकास गर्न शुक्लागण्डकीमा नगरपालिकाले बजेट सहितको कार्यक्रम तयार गर्नु पर्ने बताए ।

आफ्ना कविता संग्रहको बारेमा जानकारी दिदै कवि बस्नेतले पहिलो प्रयास स्वरुपमा कविता संग्रह प्रकाशन गरेको जानकारी दिए । उनले कबिता संग्रह त्रिवेणीमा दर्शन सँगै हास्यब्यत्मक र विज्ञानको भौतिक पक्षलाई समाबेश गरेको बताए । संगह्रमा विभिन्न शैलीमा लेखिएका १६ वटा कवितालाई समावेश गरेको छन् । विज्ञान विषयमा अध्ययन गरिरहेको बस्नेतले आफ्नो कविता संग्रहले साहित्यीक क्षेत्रमा आफुलाई चिनाउने विस्वास ब्यक्त समेत गरेको छन् ।

विमोचन कार्यक्रममा बोल्दै शुक्ला साहित्य संगमका अध्यक्ष नारायण कुमार श्रेष्ठले शुक्लागण्डकी क्षेत्रमा रहेका साहित्यकारहरुलाई समेटेर साहित्यिक क्षेत्रका विकास गर्न आफुहरु प्रयासरत रहेको बताए । श्रेष्ठले कवि बस्नेतलाई साहित्यिक सिर्जनाको लागी निरन्तरता दिन आग्रह गर्दै साहित्यीक क्षेत्रमा नयाँ पुस्ताको आगमन भएकोमा खुशी ब्यक्त गरे ।

विमोचन कार्यक्रममा आयोजक संस्था वडा कार्यलयका प्रमुख एवं वडाध्यक्ष राम कुमार श्रेष्ठले भने बस्नेत लगायतका साहित्यकारहरु आफ्नो वडामा पाउदाँ साहित्यिक क्षेत्रको रुपमा वडालाई विकास गर्न सकिने सम्भावना भएको बताए । उनले साहित्यमा लागेको वडाका साहित्यकारहरुलाई निरन्तरता दिन आग्रह गर्दै आगामी आर्थिक वर्षको बजेटमा साहित्यीक गतिविधी को विकास गर्न वडामा विशेष कार्यक्रम संलग्न गर्ने प्रतिवद्धता ब्यक्त गरे ।