दशौँ खैरेनीटार महोत्सवको तयारी स्वरुप उप समितीहरुको भेला सम्पन्न

Tanahun Khabar Daily

LOCAL

आगमी चैत्र ८ गते देखी सञ्चालन हुने दशौँ संस्करणको खैरेनीटार महोत्सवको तयारी स्वरुप बुधबार उप समितीहरु विचको भेला तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
खैरेनीटार स्थित वडा न ६ को वडा कार्यालयमा भएको भेलामा विगतको महोत्सवमा भएका कमजोरीहरुलाई न्यनिकरण गरि महोत्सव सफल पार्नको लागी छलफल गरिएको थियो ।
चैत्र १९ गते सम्म सञ्चालन हुने महोत्सव सञ्चालनको लागी महोत्सव सञ्चालनार्थ उपछधिकाँशहरुले बताएको थिए ।
आयोजक खैरेनीटार बजार ईकाई समतीका सभापति पूर्ण बहादुर कायस्थको अध्यक्षतामा भएको उक्त छलफलमा सहभागी भएका इकाईका सदस्यहरुले महोत्सवमा आयोजना हुने प्रतियोगितात्मक कार्यक्रमको पुरस्कार निर्धारण, कृषि प्रदर्शनीको लागी किसानलाई राहत हुने किसिमका कार्यक्रमहरु भित्राउने, पर्यटकिय स्थलको पहिचान हुने गरी प्रचार प्रसार गरिनु पर्ने लगायतको विषयहरुमा सहभागीहरुले अन्तरक्रिया गरेका थिए ।


अन्तरक्रियामा सहजीकरण गद आर्थिक संयोजक समुन्द्र राम श्रेष्ठले खैरेनीटार बजार ईकाईले चैतेदशैलाई नै प्रमुख लक्षित गरेर महोत्सवमा आयोजना गर्ने भएकाले विद्यार्थीहरुको परिक्षालाई ध्यानमा राखी महोत्सवको मिती दायाँ वायाँ हुनु नसकेको स्पष्ट पारे ।
कार्यक्रममा वडा न ७ का वडाध्यक्ष राम बहादुर क्षेत्री थापाले महोत्सवमा राष्ट्रिय कलाकारहरुको संख्या कम गरी स्थानिय प्रतिभाहरुलाई अवसर प्रदान गरिनु पर्ने तथा बृद्धबृद्धाहरुलाई विशेष राहत दिएर महोत्सव अवलोकनको लागी ब्यवस्था गर्न आयोजकसँग अनुरोध गरे ।
वडा न ६ का वडाध्यक्ष कृष्ण बहादुर पौडेलले वडाबाट प्रदान गरिएको हस्तकला निर्माण तालिम लिए पश्चात आत्मानिर्भर बनेकाहरुको हस्तकलाका सामाग्रीको प्रदर्शनी गर्र्ने वातावरण सिर्जना गर्न आयोजकले आग्रह गर्दै वडाको तर्फबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
कार्यक्रम महोत्सवका सल्लाहकार रामचन्द्र उपाध्याय तथा श्याम बहादुर केसी लगायतले महोत्सवलाई नगर स्तरिय तथा क्षेत्रिय स्तरको बनाउने गरी तयारीमा जुट्नु पर्नेमा जोड दिएका थिए ।