NEWS

जनज्योति क्याम्पसको १०औं बार्षिकोत्सव तथा तेस्रो अभिभावक सम्मेलन 

दुलेगौँडा, जनज्योति क्याम्पसको १०औं बार्षिकोत्सव मंगलबार विविध कार्यक्रम गरी मनाइएको छ । बार्षिकोत्सवको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गर्दै शिक्षा नै विकासको आधार भएकाले गुणस्तरीय शिक्षामा ध्यान दिनु पर्ने बताए । उनले क्याम्पसको वृद्धि विकासको लागि जिल्लाबाट गर्नु पर्ने सबै खाले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा भिमाद नगरपालिकाका मेयर मेख बहादुर थापाले जनज्योति क्याम्पस भएकै कारण भिमाद नगरपालिका भएको उल्लेख गर्दै सबैले क्याम्पसको विकासमा ध्यान दिनु पर्ने बताए । क्याम्पस भिमादको मात्र नभएर तनहुँको दक्षिणी भेगकै गहना भएकाले क्याम्पसको शैक्षिक तथा भौतिक विकासमा नगपालिकाको पक्षबाट निरन्तर लागि पर्ने बताएका थिए।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष जीतप्रकाश आलेको अध्यक्षतामा भएको कार्यक्रममा ऋषिङ्ग गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, क्याम्पस सल्लाहाकार सदस्य दधिराज सुवेदी, वरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी, क्याम्पसको आजिवन सल्लाहाकार सदस्य इन्दिरा खनाल, सदस्य काजीमान श्रेष्ठ, एमालेका धर्मराज खनाल, माओवादी केन्द्रका राम बहादुर थापा, नेपाली काँग्रेसका आन्नद देव श्रेष्ठ, क्याम्पस संस्थापक सदस्य ध्रुवराज सुवेदी, स्थानीय क्या। खड्क बहादुर थापा, जनज्योति क्याम्पस प्राध्यापक संघका अध्यक्ष हरि प्रसाद सुवेदी लगायतले आ–आफ्नो ठाँउबाट क्यापसको विकासमा लाग्नु पर्नेमा जोड दिएका थिए ।

त्यस्तै विधार्थीको तर्फबाट बोल्दै स्वतन्त्र विद्यार्थी युनियन जनज्योति क्याम्पस इकाईका अध्यक्ष सुनिल श्रेष्ठ र विद्यार्थी रचना पराजुलीले अब क्याम्पसमा स्नातकोत्तर तहसम्मको अध्यापन हुन आवश्यक भएको बताउँदै सबै मिलेर अगाडी बढ्न आग्रह गरेका थिए । क्याम्पस प्रमुख केशवराज काफ्लले क्याम्पसको वार्षिक प्रगति विवरण प्रस्तुत गरेको कार्यक्रममा स्वागत सञ्चालक समितिका उपाध्यक्ष ध्रुवराज खनालले गरेका थिए भने साहयक क्याम्पस प्रमुख शिवदत्त चापागाइले सञ्चालन गरेका थिए ।

उक्त वार्षिकोत्सवका अवसरमा क्याम्पसका पूर्व सहायक प्राध्यापक जनज्योति क्याम्पस रामशरण गैह्रेको स्मृतिमा छात्रबृत्ति अक्षय कोष स्थापना गरिएको छ । गैह्रेका धर्मपत्नी शारदा आचार्य गैहे्रले स्वर्गीय पति गैह्रेको स्मृतिमा ५१ हजार रुपैयाँ बराबारको अक्षय कोषको स्थापना गरेकी हुन्। उक्त अक्षयकोषबाट  आउने व्याज बार्षिक परीक्षामा क्याम्पसमै उत्कृष्ट अंक ल्याउने एक जना विद्यार्धीलाई पुरस्कृत गरिने छ ।

त्यसै गरी यसबर्ष प्राध्यापक मध्येबाट उत्कृष्ट अंक प्राप्त गर्ने उपप्राध्यापक तथा क्याम्पस प्रमुख केशवराज काफ्ले, क्याम्पसको शैक्षिक विकासमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाई र लेखापाल कमला पौडेललाई सम्मान पत्र प्रदान गरिएको थियो ।

यस्तै क्याम्पसका ६ जना विद्यार्थीहरुलाई स्नातक उपाधि प्रदान गरिएको थियो । जसमा बिबिएसबाट अञ्जली राना, मेनुका थापा र महेन्द्र गैह्रे, एजुकेशनबाट रुकु राना, बर्षा गैह्रे र सरस्वती श्रेष्ठ पुरस्कृत भएका हुन् ।

कार्यक्रममा विद्यार्थीहरुले विविध मौलिक साँस्कृतिक एवं साहित्यिक प्रस्तुती राखेका थिए भने बार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न अतिरिक्त क्रियाकलापका विजेताहरुलाई समेत पुरस्कार वितरण गरिएको थियो । त्यस्तै, बुधबार क्याम्पसको तेस्रो अधिवेशन हुने भएको छ । अधिवेशनबाट क्याम्पसको नयाँ सञ्चालक समिति चयन गरिने बताइएको छ ।

Facebook Comments
Show More
Loading...
Close