तनहुँको नाम्सीकोटमा १५ लाख भन्दा बढीको सुन्तला अझै रुखमा
Tanahun Khabar DailyNEWS
शिव आले मगर, माघको पहिलो साता सकिदा बजारमा भारतिय सुन्तलाको बिक्री सुरु भईसकेको छ । तर शुक्लागण्डकी ११ नाम्सिकोटका कृषकहरुलाई भने बोटमा लटरम्मै फलेका सुन्ताल टिपी बजारसम्म पुर्याउन भ्याइनभ्याई छ ।
नाम्सीकोटबाट यस बर्ष १ करोड ४० लाख बढीको सुन्तला बाहिरिएको छ । अझै १५ लाख बराबरको सुन्तला टिप्न बाँकी रहेको कृषक कमल महतले जानकारी दिनुभयो । उहाको अनुसार यसबर्ष ठेकेदारले सुन्तलाको बोटबाटै प्रतिकिलो ३५ देखि ५० रुपैयाँसम्ममा खरिद गरेका छन् । नाम्सीकोटसँगै सोही वडाको पाल्पालीछाप, ज्याङलादी ,जरेबर आसपासका क्षेत्रहका करिब १२० परिवारको मुख्य आम्दानीको स्रोत सुन्तला खेती हो । यस क्षेत्रका कीसानहरुले सुन्तला बिक्रीबाट ५० हजार देखि १५ लाख सम्म आम्दानी गर्ने गरेका छन् ।
उत्पादति सुन्तलाको बजारीकरणमा समस्या नरहेको जगत बहादुर महतले बताउनुभयो । सुन्तला खेतीमा लाग्ने रोग, गोडमेल लगायतका प्राविधिक बिषयमा यहाँका किसानसँग ज्ञान छैन सरोकारवाला निकायले पनि ध्यान दिदैन् महतले भन्नुभयो ।
जिल्ला कृषि बिकास कार्यालयबाट गतवर्ष ३ हजार सुन्तलाको विरुवा त्यस क्षेत्रका किसानहरुले अनुदनामा पाएका थिए । ‘विरुवा त दियो कार्यलयले अरु केही सहयोग पाईएन्’ लोक बहादुर महतले दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो –‘कहिलेकाँही सुन्तलाको बोट मर्नी र फूल झर्ने गर्दछ, सुन्तलामा देखिने यस्ता रोगको निदानबारे सम्बन्धित निकायको समयमा नै ध्यान जान जरुरी छ जसले गर्दा सुन्तला खेतीमा आश्रित कृषकको पेशा सुरक्षित बन्दछ ।’
गतबर्ष नाम्सीकोटमा ३२० टन सुन्तला उत्पादन भएको थियो । यसबर्षको अन्तिम तथ्याङक नआएपनि पोहोरको तुलनमा बढी उत्पादन भएको अधिकांश किसानले बताएका छन् । यहाँको सुन्तला काठमाडौंको कालमाटी फफुल तथा तरकारी बजारमा लाने गरिन्छ ।
अहिले सुन्तला टीप्ने सीजन भएका कारण त्यस क्षेत्रका करिब ३० जनाले प्रत्यक्ष रोजगार समेत पाएका छन् । बगैँचामा सुन्तला टीप्ने र उक्त सुन्तला मुल बाटोमा सम्म ल्याउने गर्दा प्रति व्यक्ति ३ सय देखि ४ सय रुपैया सम्म आम्दानी गर्ने गरेका छन् ।